गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको सातौं शाखा दमकमा

  २०७३ मंसिर ९ गते १५:०२     विकासन्युज

guheshwori_merchant_branch_काठमाडौं, ९ मंसिर । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले दमकमा सातौं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको दमक उद्योग बाणिज्य महासंघका अध्यक्ष राजेज्द्र ढकालबाट शुभारम्भ गरिएको छ । उक्त शाखाबाट एटिएम सेवा, एस.एम.एस बैंकिङ्ग सेवा सुविधा, इन्टरनेट बैंकिङ्ग सेवा, विप्रेशन सेवा सुविधा तथा डीपी सेवा समेत रहेको फाइनान्स कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

आर्थिक वर्ष २०७१/२०७२ मा निक्षेप संकलन २ अर्ब १७ करोड तथा कर्जा १ अर्ब ८७ करोड प्रवाह गरेको यस संस्थाले २ करोड ३० लाख रुपैयाँ संचालन मुनाफा गरेको संस्थाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । यस वित्तीय संस्थाको चुक्ता पूँजी ५० प्रतिशत हकप्रद शेयर तथा १२ प्रतिशत बोनस शेयर जारी पश्चात ४९ करोड ३५ लाख तथा जगेडा कोषमा ९ करोड १६ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.