कान्ति अस्पतालको आंकोलोजी कोषलाई मन्त्री थापाकाे ४६ हजार सहयाेग

  २०७३ मंसिर ७ गते १५:३१     विकासन्युज

काठमाडौं, ७ मंसिर । स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तवल कान्ति अस्पतालमा रहेको आंकोलोजी कोषलाई दिएका छन् । उनले काेषलार्इमा ४६ हजार रूपैयाँ जम्मा गरेकाे अस्पतालले जनाएकाे छ ।
kanti_bal
मन्त्री भएपछि अस्पतालहरुको निरिक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल पुगेका थापाले त्यहा उपचाररत बालबालिकको उपचारका लागि कोषलाई सहयोग गर्ने त्यति बेला नै घोषणा गरेका हुन् ।  सोही अनुरुप उनले सोमबार रकम हस्तान्तरण गरेको मन्त्री थापाको निजी सचिवालयले जनाएको छ ।

उनले अस्पतालमा उपचार गर्न आउने सबैलाई आर्थिक विपन्नहरुलाई सहयोगका लागि कोषमा आफुले सक्दो सहयोग रकम जम्मा गर्न आह्वान गरेका छन् ।

मन्त्री थापाले अस्पतालमा क्यान्सर पिडित विपन्न परिवारका बालबालिकालाई सहयोगका लागि स्थापना भएको अंकोलोजी कोषलाई आर्थिक अभावका कारण कुनै पनि नेपालीले गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चीत हुनु पर्ने छैन भन्ने भावनाका साथ शसक्त बनाउन निर्देशन दिएका छन् ।

मन्त्री थापाको निर्देशन अनुसार नै अहिले सम्म कुनैपनि बालबालिका आर्थिक अभावका कारण उपचारबाट बञ्चीत हुनु नपरेको अस्पतालका निर्देशक डा अजित रायमाझीले बताए । उनले २०७२ साल भरिमा पुराना ५८४ जना र नयाँ ४५ जनाको उपचार गरिएको जानकारी दिए । अंकोलोजी वार्डमा २६ शैया रहेको उनले बताए ।

सन् १९९७ मा बेलायती नागरिकहरुले सुरु गरिदिएको कोषमा अहिले चार करोड रुपैया रहेको डा रायमाझीले जानकारी दिए ।

मन्त्री थापाको सहयोग र समर्थले आफुहरुलाई हौसला बढेको बताउदै उहाँले कोषमा रकम बढाउन अरुलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।  मन्त्री थापाले कान्ती अस्पतालको मात्र नभई अन्य अस्पतालमा स्थापना भएका कोषहरुलाई पनि प्रभावकारी र मजबुद गराउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.