सिप्रदिको ग्लोवल सर्भिस क्याम्प सुरु, देशभरका २४ वटा सर्भिस सेन्टरमा ग्लोवल क्याम्प गरिने

  २०७३ मंसिर ७ गते १२:४३     विकासन्युज

काठमाडौं, ७ मंसिर । ग्राहकलाई उच्चस्तरीय सेवा दिने उदेश्यले सिप्रदी ट्रेडिङले ग्लोबल सर्भिस क्याम्प आयोजना गरेको छ । कम्पनीको नेपालभरी रहेका २४ वटा सर्भिस सेन्टरमा ग्लोबल क्याम्प सुरु भएको हो । टाटा मोटर्सले संसारभरी रहेका सम्पूर्ण ग्राहकलाई उच्चस्तरीय सेवा दिने उदेश्य राखेको छ । सोही उदेश्य अनुसार सिप्रदीले यो ग्लोबल क्याम्प गरेको जनाएको छ ।247a0460
सोमबारदेखि तीन दिनसम्म चल्ने यो क्याम्पमा टाटाका कमर्सियल गाडीहरुको निशुल्क सर्भि्सिङ गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्भिस चार्ज,ब्याट्री तथा इलेक्ट्रिक चेकअप,फ्युल इन्जेक्सन पम्प चेकअप,आँखा तथा साधारण स्वास्थ्य जाँच,चालकलाई तालिम र एचआइभी एड्स जनचेतना तालिम निशुल्क गरिनेछ ।

कम्पनीले म्याक लुब्रिकेन्ट्समा २० प्रतिशत र टाटा जेन्युइन स्पेयर पार्टसमा १० प्रतिशत छुट दिने जनाएको छ । यो अवधिमा उत्कृष्ट माइलेज अवार्ड,मोबाइल उपहार,प्रत्येक गाडीलाई आकर्षक उपहार र वम्पर उपहारमा ४० इन्चको एलइडी टेलिभिजन दिइने कम्पनीले जनाएको छ। कम्पनीले तीन दिनको अवधिमा तीन हजार भन्दा बढी गाडीको सर्भि्सिङ गर्ने लक्ष्य राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.