चीनमा रोबोटले मान्छेलाई कुट्यो, मान्छेको युग समाप्त, रोबोटको युग सुरुवात भएको भन्दै आलोचना

  २०७३ मंसिर ६ गते २२:१६     विकासन्युज

बेइजिङ: चीनको एक प्रविधि मेलामा एउटा रोबोटले मान्छेमाथि हमला गरेको समाचार आएको छ । रोबोटको आक्रमणबाट एक जना युवा गम्भीर घाइते भएका छन् ।

यो रोबोटलाई घरेलु कामका लागि बनाइएको थियो । यस रोबोटको नाम ‘फ्याटी’ राखिएको थियो । मानिसलाई रोबोटले आक्रमण गरेको चीनको यो पहिलो घटना हो ।

यो घटना दक्षिण चीनमा बिहीबार भएको हो । यहाँ एक प्रविधि मेला चलिरहेको थियो । मेलामा हजारौँको सङ्ख्यामा मानिस पुगेका थिए ।

त्यहीबेला फ्याटी नामको यस रोबोटले सिसाको बुथ फुटाएर मानिसमाथि हमला गरेको हो । रोबोटको आक्रमणबाट गम्भीर घाइते भएका ती मानिसलई उपचरका लागि तत्कालै अस्पताल गलिएको छ ।

मानिसलाई आक्रुमण गरेपछि फ्याटीलाई प्रविधि मेलाबाट हटाइएको छ । यो मेला १६ देखि २१ नोभेम्बरसम्म चलेको हो । यो मेलामा ३७ देश सहभागी छन् ।

यो मेलाका आयोजकले एक अपरेटरको गल्तीबाट मानिसमाथि रोबोटले हमाला गरेको बताएका छन् । अपरेटरले रिभर्सको सट्टा फरवर्ड बटन थिचिदिँदा यस्तो घटना भएको हो ।

यसबाट रोबोट त्यस दिशातर्फ मोडियो जुन दिशातर्फ सिसाको ढोका थियो । यो रोबोट बनाउन १३००० युआन अर्थात् २ लाख ५६ हजार नेपाली रुपैयाँको लागतमा बनाइएको थियो ।

घटनापछि घाइते भएका मानिसको बारेमा कुनै जानकारी दिइएको छैन।  पुलिसले पनि यो घटनाबारे जानकारी दिन इन्कार गरेको छ ।

तर मानिसमाथि आक्रमण गर्ने यो रोबोटको फोटो भने सामाजिक सञ्जालमा भाइरल भएको छ । मानिसहरूले सामाजिक सञ्जालमा ‘रोबोटले मानिसमाथि आक्रमण गर्ने समय सुरु भयो?’ भन्दै प्रश्न गरेका छन् ।

चिनियाँ सामाजिक सञ्जालमा रोबोटबाट मानिस कुटिने समय सुरु भएको बताउँदै के अब रोबोट युग सुरु भएको भन्दै जिज्ञासायुक्त सामाग्री पोस्ट गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.