महिन्द्राको नयाँ युवो ट्याक्टर बजारमा

  २०७३ मंसिर ५ गते १६:५८     विकासन्युज

mahindraकाठमाडौं, ५ मंसिर । महिन्द्राको नयाँ ट्याक्टर नेपाली बजारमा भित्रिएको छ । महिन्द्रा एण्ड महिन्द्रा ग्रुपको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेड प्रालिले नयाँ रेन्जका ट्याक्टर सार्वजनिक गरेको हो । ३०–४५ हर्सपावर सेग्मेन्टमा सबैभन्दा उत्कृष्ट टेक्नोलोजीका साथ उक्त ट्याक्टर बजारमा ल्याएको कम्पनीले दावी गरेको छ ।

१२ फरवार्ड र ३ रिभर्स् फुल कन्स्ट्यान्ट–मेश गियर बक्स्का साथ महिन्द्रा युवो ट्याक्टर निर्माण गरिएको हो । यसले हार्भेस्टिङ्गदेखि ल्याण्ड प्रिपेरेशन र पोस्ट–हार्भेस्टिङ्ग आवश्यकताहरुसम्म पुरा गर्ने कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै महिन्द्राका साउथ एसिया भाइस प्रेसिडेन्ट सञ्जय जादवले भने,‘महिन्द्रा भोल्यूमको आधारमा विश्वकै नं. १ ट्याक्टर ब्राण्ड हो जो विश्वभरका कृषकहरुलाई नवीनतम टेक्नोलोजीका कृषि–मुखी समाधानहरु पस्कन प्रतिबद्ध छ । महिन्द्रा युवोले नेपाली किसानको मन जित्नेछ ।’

भारतको मुम्बईमा आधारित १७ दशमलब ८ अर्ब अमेरिकी डलरकोे मल्टी नेशनल ग्रुप महिन्द्राले एक सय देशमा आफ्ना उत्पादन बेच्दै आएको छ । महिन्द्राले कृषि व्यवसाय, एयरो स्पेश, कम्पोनेन्ट्स, कन्सल्टिङ्ग सेवा, डिफेन्स्, उर्जा, अद्यौगिक उपकरणहरु, लजिस्टिक्स्, रियल इस्टेट, रिटेल, स्टील, कमर्शियल भेहिकल तथा टू–व्हीलरको उत्पादन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.