रुवी भ्याली पुग्ने ‘स्काइ ट्रेल’ सञ्चालनमा, पदमार्ग बनेपछि स्थानीयवासी हर्षित

  २०७३ मंसिर ५ गते १५:०५     विकासन्युज

dhading-ko-padamargaकाठमाडौं, ५ मंसिर । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवी भ्याली क्षेत्रअन्तर्गत हिमालयन स्काइ ट्रेल (तीनसुरे पदमार्ग) सञ्चालनमा आएको छ । उक्त पदमार्ग सञ्चालनमा आएपछि राजधानीबाट नुवाकोट, रसुवा हुँदै धादिङका बस्तीहरुमा घुमेर गोरखा जान सहज हुनेछ । पर्यटकीय पदमार्गबाट आकाश र जमिनको विशेषता नजिकबाट नियाल्न सकिने भएकाले यसलाई ‘स्काइ ट्रेल’ समेत भनिएको हो ।

धादिङको उत्तरी क्षेत्रमा पर्ने समुन्द्री सतहदेखि एक हजार ५ सय फिटको उचाइमा रहेको  नेत्रतालदेखि झन्डै ११ हजार उचाइमा रहेको तीनसुरे भञ्ज्याङसम्म झन्डै ५० किलोमिटर दूरीमा उक्त पर्यटकीय पदमार्ग निर्माण भएको हो । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा पर्यटकीय पदमार्ग बनेपछि स्थानीयवासी हर्षित भएका छन् ।
स्थानीयपर्यटन व्यवसायी एवं ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का पूर्व उपाध्यक्ष बलबहादुर गुरुङले जलचर, जङ्गलीजनावर र धार्मिक पर्यटनका दृष्टिले यो पदमार्ग महत्वपूर्ण रहेको बताए  । यस पदमार्गमा पाँच दिन चार रातको भ्रमण प्याकेज तय गरिएको छ ।
पदमार्गमा त्रिपुरेस्वरको आँखुखोलामा निर्माण भएको हाइड्रोपावरबाट बनेको नेत्रताल, बगुवा खोलामा निर्माण भएको पानीघट्टा, कात्तिकेको डोकानाम्ला बोकेर घाँसदाउरा गर्दै गरेका ग्रामीण परिवेश, परम्परागत फलामका सामान बनाउँदै गरेका आरन, फूलखर्कबाट देखिने सूर्योदय, मनटारीको जङ्गलमा बनेको मनटारी स्काइ क्याम्प, पोखरा बस्तीको गुरुङ जातिको नाच अवलोकन गर्न सकिने छ । यस्तै पोखराडाँडाबाट गणेश हिमाल र लाङटाङ क्षेत्रको मनोरम दृश्य, जङ्गलमा रहेका कालिज, बँदेल, तित्रा, चितुवा, भालु, डाँफे, मुनाल, लगायत पशुपन्छी र वन्यजन्तुको अवलोकनगर्न सकिने पदप्रदर्शक सरोज नेपालले बताए ।
अधिकांश पर्यटनकर्मी रहेको धादिङमा सुविधाजनक र गुणस्तरीय ग्रामीण पर्यटकीय आगमनलाई सहज बनाउन यो पदमार्गले ठूलो सहयोग पुग्ने बताइएको छ । नेपाली कांग्रेस धादिङ क्षेत्र नं १ का सांसद दिलमान पाख्रिन नेपालको पर्यटकीय विकासमा सरकारको ठूलो लगानी रहेपनि सोचेजस्तो प्रगति हासिल गर्न नसकेको बताउँछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको उक्त पदमार्गको निर्माणपछि उद्घाटन गर्दै  संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले धादिङ जिल्ला पर्यटकीय दृष्टिकोणले ठूलो सम्भावनाको जिल्ला रहेको बताए ।
धादिङ जिल्लाको रुबीभ्यालीमा पर्ने उक्तपर्यटकीय मार्गको निर्माणका लागिपर्यटन बोर्डले करिब ४० लाख रुपैयाँ लगानी गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.