भारु प्रतिबन्धले नेपाललाई फाइदा, २५ हजारसम्म्का भारु साटिनेमा विश्वस हुन आग्रह

  २०७३ मंसिर ५ गते ७:५२     विकासन्युज

काठमाडौं ५, मंसिर । भारू प्रतिबन्धले तत्काल केही व्यक्ति मर्कामा परे पनि त्यसले नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विज्ञहरूले बताएका छन् ।

प्रतिबन्धित भारतीय रूपैयाँको विषयमा अन्नपूर्णले आयोजना गरेको राउण्ड टेबलमा बोल्ने बक्ताले भारतसँगको खुला सीमाको फाइदा उठाउँदै हुने अवैध व्यापार निरूत्साहित हुने बताए ।indian-currency

छलफलमा सहभागीले वैधानिक रूपमा राखिएको भारू पाँच सय र १ हजारका नोट साटिनेमा ढुक्क हुन आग्रह गरे। नेपालमा प्रतिबन्धित भारू अर्बौ रहेको अनुमान छ। सीमावर्ती तराई तथा पहाडमा भारु प्रचलनमा छ ।

भारतको निर्णयपछि प्रतिबन्धित भारू राख्ने ब्यापारी र सर्वसाधारण अन्यौलमा परेका छन् । भारतले प्रतिब्यक्ति २५ हजारसम्म भारू साट्न दिनसक्ने अधिकारीले बताए । अहिले धेरै आत्तिहाल्नुनपर्ने अवस्था रहेको पनि राष्टबैंकका अधिकारीले बताएका छन् । अन्नपूर्ण पोष्टबाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.