भ्रष्टाचारको अभियोगमा ब्राजिलका दुई पूर्व गभर्नर गिरफ्तार

  २०७३ मंसिर ३ गते १६:१४     विकासन्युज

रियो दी जेनेरियो , ३ मङ्सिर । भ्रष्टाचारको अभियोगमा ब्राजिलका दुईजना पूर्व गभर्नरलाई गिरफ्तार गरिएको ब्राजिलियाली अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । जनसङ्ख्याका हिसाबले ब्राजिलको दोस्रो ठूलो सहर रियोको यी पूर्व गर्भनरहरुमाथि कैयौँ दिनदेखि घुस लिएको र मतदाताहरुसँग भोट किनेको आरोप लगाइएको छ ।

सन् २००७ देखि २०१४ सम्म दुईपटकसम्म रियो सहरको गभर्नर भएका सेरर्गिओ क्याब्राल फिल्होलाई सन् २०१४मा फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम खेल हुने बेला मरकाना रङ्गशाला मर्मतका बेला अनियमितता गरेको आरोप लगाइएको छ ।

सो भ्रष्टाचार प्रकरणमा उहाँले झन्डै पाँच करोड ८० लाख अमेरिकी डलर बराबरको रकम अनियमितता गरेको एजेन्सिया ब्रासिल समाचार समितिले जनाएको छ । क्याब्रालका श्रीमती एड्रिआना एन्केल्मोलाई पनि सोधपुछका लागि रिहासतमा लिइएको बताइएको छ । हुदसन ब्रागा प्रयोजनका प्रमुख का साथै अन्य आठजना कर्मचारीहरुलाई नियन्त्रणमा लिइएको छ ।

यसअघि एक दिन पहिले रियोका पूर्व गभर्नर एन्थोनी गारोटिन्होलाई पनि गिरफ्तार गरिएको थियो । उनलाई बुधबार उच्च रक्तचापको समस्या भएपछि स्थानीय सार्वजनिक अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

एन्थोनीलाई मेयरको निर्वाचनका बेला मतदातासँग भोट किनेको आरोप लगाइएको छ । सन् १९९९ देखि सन् २००२ एन्थोनी रियो सहरको गभर्नर बनेका थिए । रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.