राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डे विदामा, एक महिनापछि अनिवार्य अवकाश पाउँदै

  २०७३ मंसिर ३ गते ११:५७     विकासन्युज

shivnath_pandeyकाठमाडौं, ३ मंसिर । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशिक तथा नियमन विभाग प्रमुख शिवनाथ पाण्डे आजदेखि विदामा बसेका छन् । राष्ट्र बैंकमा सेवा गरेको ३० वर्ष अवधि पूरा गरेको आधारमा अबको एक महिनापछि उनले अनिवार्य अवकाश पाउँदैछन् ।

राष्ट्र बैंकमा ३० वर्ष काम गरेको आधारमा कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्था छ । पछिल्लो समयमा पुरानो व्यवस्था परिवर्तन गरेर ५८ वर्ष उमेर उमेर पुगेपछि मात्र अनिवार्य अवकाश हुने व्यवस्था गर्नु पर्ने आवाज राष्ट्र बैंक भित्र उठिरहेको छ । तर यस विषयमा राष्ट्र बैंकभित्रै चर्को विवाद रहेकाेले सञ्चालक समितिले यस विषयमा निर्णय लिन सकेको छैन ।

पाण्डे राष्ट्र बैंकभित्र कार्यसम्पादन क्षमता राम्रो भएको र स्वच्छ छवि भएको प्रशासकको रुपमा चिनिन्छन् । ५२ वर्षको उमेरमा उनले अवकाश पाएका छन् ।
३० वर्षे कार्यकालका अाधारमा कार्यकारी निर्देशक त्रिलाेचन पंकेनीले पनि केही महिनापछि अबकाश पाउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.