नयाँ सिईओ आएपछि राष्ट्रिय वाणिज्य बैंक अधोगतिमा , नाफा १७ प्रतिशतले घट्यो

  २०७३ मंसिर ३ गते ९:४३     विकासन्युज

kiran_shreshthaकाठमाडौं, ३ मंसिर । राष्ट्रिय वाणिज्य बैंकको नाफा १७ प्रतिशतले घटेको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ५० करोड ८ लाख रुपैयाँ मात्र नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६० करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

सबै वाणिज्य बैंकहरुको नाफा उच्चदरले बढेको समयमा राष्ट्रिय वाणिज्य बैंकको नाफा भने उच्च दरले घटेको छ । नाफा घटेपछि यस बैंकमा केही महिनाअघि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेका किरण श्रेष्ठको कार्यसम्पादन क्षमतामा प्रश्न उठेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल रहेको सरकारले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरको थियो । क्षमताको आधारमा नभई राजनीतिक शक्तिको आडमा श्रेष्ठलाई नियुक्त गरिएको त्यति बेलामा नै आरोप लागेको थियो ।

यस बैंकमा १०० प्रतिशत लगानी सरकारको छ । २०५० को दशकमा राजनीतिक चलखेलले गम्भिर संकटमा परेको यो बैंक विश्व बैंक लगायत विदेशी संस्थाबाट ऋण लिएर सुधार गरिएको थियो । विदेशी व्यवस्थापनले समालेपछि सुधारको क्रममा रहेको यस बैंकले विगत करिव १० वर्ष पछाडि फर्कन परेको थिएन ।

यस बैंकमा सर्वसाधारणको निक्षेप १ खर्ब ४६ अर्ब रुपैयाँ छ । बैंकले करिव ८६ अर्ब रुपैयाँ कर्जा सापटी दिएको छ भने ४१ अर्ब रुपैयाँ लगानी गरेको छ । बैंकको सेयर पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब २३ करोड रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.