रिलायबल डेभलपमेन्ट बैंकले ८५ दिने मुद्दतीमा ८.५५ ब्याज दिने, १०० दिनपछि फिर्ता

  २०७३ मंसिर २ गते २०:५८     विकासन्युज

relible_webकाठमाडाैं, २ मंसिर । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले ८५ दिने मुद्दतीमा ८.५५ वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ ।

१०० दिन पुरा भए पश्चात साँवा र ब्याज स्वत बचत खातामा जम्मा हुने र सो बचत खातामा रकम आए पश्चात एससीटि नेटवर्क अन्तर्गतका देशभरि रहेका ११०० भन्दा बढी एटिएमहरुबाट निशुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।

साथै यस बैंकले १ वर्षे मुद्दतीमा ८.७५५ सम्म तथा बचत खातामा ५.५५ सम्म ब्याज प्रदान गर्ने जनाएको छ । यो सेवा बैंकको सबै १७ शाखाहरुबाट उपलब्ध हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.