बोइङको मूल्यांकन ढिलाइले कवाडीको भाउ पनि नआउने, मूल्यांकन गर्न काठमाडौं ल्याइएको जहाज तीन सातादेखि विमानस्थलमै थन्कियो

  २०७३ मंसिर २ गते १०:१६     विकासन्युज

काठमाडौं २, मंसिर । नेपाल वायुसेवा निगमको तीन साता अगाडि सिंगापुरबाट काठमाडौं ल्याइएको एउटा बोइङ जहाजको मूल्यांक ढिलो भएको छ । निगमको एउटा १९० सिट क्षमताको बी ७५७ एसीए नामको बोइङ जहाज कवाडीमा बेच्ने निर्णय गरेपछि चार महिनादेखि यो जहाज ग्राण्उडेड भएको (थन्किएको) छ ।

निगमले कवाडीमा बेच्न लागेको यो जहाज काठमाडौंमा नै ल्याएर मूल्यांकन गर्ने भनेर तीन साता अगाडि झिकाएको भएपनि प्रविधिक कारण मूल्यांकन हुन नसकेको निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बताए । उनका अनुसार निगमले बिक्री गर्ने निर्णय गरेको यो जहाजको मूल्यांकनमा ढिलाइ भएको छ ।

हामीले विदेशी कन्सल्यान्ट ल्याएर मूल्यांकनको जिम्मा दिने भनेकोले पनि ढिलाई भएको कंसाकार ले स्वीकार गरे । जहाज जति धेरे समय थन्कायो त्यति घाटा हुने स्वीकार गर्दै कंसाकारले भने हामीले चाहेर पनि छिटो गर्न सकेका छैनौ । अझै कति समय लाग्छ र कति रुपैयाँको मूल्यांकन हुन्छ भन्ने अुनमान पनि नभएको कंसाकारले बताए । यो जहाजलाई अन्तर्राष्ट्रिय मूल्यांकनकर्ता भिकाएर मूल्यांकनको काम गर्ने भनेर विमानस्थलमा थन्किरहेको छ ।nac-aca

उडान गर्न इन्जिनको क्षमता छैन, विक्री गर्न मूल्यांकन  भएन
वायुसेवा निगमको इन्जिनियरिङ विभागका एक कर्मचारीका अनुसार यो जहाजको उडान गर्न इन्जिनको क्षमता सकिएकाके छ । सिंगापुरबाट उडाएरै काठमाडौं ल्याउँदा यो जहाजको इन्जिनको उडान आवर सकिएको छ ।

यो जहाजको इन्जिन आवर सकिएको, जहाज इन्जिन बाहेक सम्पूर्ण मर्मत (सीचेक) गर्ने समय भएको र जहाजका दुबै इन्जिनको आयु सकिएकोले नयाँ राखेर उडान गर्न नसकिने भएकै कारण निगमले विक्री गर्ने निर्णय गरेको हो ।
जहाजको छिटो मूल्यांकन गरेर विक्री गरेर अलिअली पैसा आउनेमा निगमका उच्च तहका कर्मचारीको रुचि नमिल्दा जहाज टर्किस एयरको कवाडिमा बेचेझै यसलाइृ पनि बेच्नुपर्ने अवस्थामा पुगेको निगमकै कर्मचारी बताउछन् ।

उडाउन पनि मिल्दैन, थन्काउँदा पनि घाटा
जहाज उडान गर्ने नमिल्ने भएकोले पुनः उडानमा ल्याउन अब संभव छैन । जहाज थन्काएर राख्दा पनि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई, पार्किङ शुल्क तिरिरहनु पर्ने भएकोले नउडाउँदा र जहाज थन्काउँदा पनि घाटा नै रहेको निगमको भनाइ छ । प्राधिकरणले वायुसेवाको उडान, अवतरण, ल्याण्डिङ, पार्किङमा शुल्क लिने गरेको छ । यो जहाजले मासिक लाखौ शुल्क तिरेर पार्किङ गरिरहेको उल्लेख छ ।

निगमका अनुसार जहाजको मूल्य १८ देखि २० प्रतिशत मात्रै आउँँने अनुमान गरिएको भनि लामो समय थन्काएर राख्दा बाहिरी बडिको मात्रै पैसा आउने भएकोले उल्लेख रकम नहुने उल्ले छ । सन् २००४ पछि यो सिरिजको बोइङ उत्पादन बन्द भैसकेको छ । जहाज नयाँ उत्पादन नभएकोले बजार भाउ अनुसार नभएर यसको हरेक बडि र अन्य उपयोगि सामानका आधारमा मूल्यांकन हुने भएको छ ।

मूल्यांकनकर्ताले अन्तर्राष्ट्रि अभ्यास र जहाजको प्रयोग अनुसार मूल्यांकन गर्ने भएकोले निगमले अनुमान गरेभन्दा निकै कम वा सोही हाराहारीमा पनि हुनसक्ने निमकै एक उच्च कर्मचारीको बुझाई छ ।

सिंगापुरमा रहेको यो जहाजको ७० देखि ८० घण्टा मात्रै इन्जिनको उडान आवर बाँकी रहेको जहाज काठमाडौंसम्म मात्रै उडाएर ल्याउन सकिएको छ । अब यसलाइृ अन्त कतै लान नसकिने पनि निगमको भनाइ छ ।

निगमले भएकै अर्को एउटा वोइङ संचालन गर्ने र एयरवसकै थप दुई जहाज खरिद गर्ने भएको छ । हाल निगमसँग एउटा बोइङ र दुईवटा एयरवसका जहाजले अन्तर्राष्टिय उडान गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.