२९ लाख ८१ हजार मोवाइल सेटहरुकाे आइएमआइ नम्वर दर्ता, व्यक्तिगत रूपमा माेवाइल भित्र्याउने पनि उल्लेख्य

  २०७३ मंसिर १ गते १४:३१     विकासन्युज

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणमा कात्तिक १८ गते सम्म २९ लाख ८१ हजार ३६९ वटा मोवाइल सेटहरुको युनिक कोड आइएमआइ नम्वर दर्ता भएको छ । ति मध्ये २९ लाख ७९ हजार ६५३ वटा सेट मोवाइल आयात कर्ता कम्पनीले दर्ता गराएका छन् भने एक हजार ७१६ वटा सेटहरु व्यक्तिगत रुपमा ल्याएका मोवाइल सेटहरुको दर्ता भएको छ ।

mobile
प्राधिकरणका अनुसार मोवाइल सेटहरु मध्ये एक हजार २४३ वटा मोडलका सेटहरुले पाँच वर्षको लागि स्वीकृति पाएका छन् भने ४ हजार ३९३ वटा मोडलका मोवाइल सेटहरुले भने ६ महिना परिक्षणको लागि स्वीकृति पाएका छन् ।

आइएमआइ दर्ता भएका सेटहरु मध्ये जिएसएम मोवाइलको ७१० मोडलका सेटले पाँच वर्षको अनुमति पाएको छ भने ३ हजार ३८७ वटा सेटले भने ६ महिनाको लागि मात्र स्वीकृति पाएका छन् ।

त्यस्तै सर्ट रेन्ज डिभाइसको ४ सय ६४ वटा मोडलले पाँच वर्षको स्वीकृति पाएका छन् भने ७४४ वटा मोडेलले ६ महिनाको लागि मात्र स्वीकृति पाएका छन् । सिडिएमसे डिभाइसको ४ वटा मोडलले ६ महिनाको लागि स्वीकृति पाएको भने जिएसएम डिभाइसका २१ वटा मोडलले पाँच वर्षको र ६३ वटा मोडलले ६ महिनाको लागि स्वीकृति पाएका छन् ।

त्यस्तैगरी सिडिएमए मोवाइल ह्यान्ड सेटको ५१ वटा मोडलले ६ महिनाको लागि र २ वटाले पाँच वर्षको लागि स्वीकृति पाएका छन् । सिडिएमए फिक्स सेटको ३ वटा मोडलले ६ महिनाको लागि र एक वटा मोडलले पाँच वर्षको लागि स्वीकृति पाएको प्राधिकरणले जनाएको छ ।

ट्यावलेट १२३ वटा मोडलले ६ महिना, ३६ वटा मोडलले पाँच वर्ष, स्याटेलाइट मोवाइल ह्यान्ड सेटका ११ वटा मोडलले ६ महिना, ६ वटा मोडलले पाँच वर्ष, स्याटेलाइट टर्मिनलको १ प्रकारको मात्र मोडलले ६ महिनाको रवाइम्याक्सको ६ वटा मोडलले ६ महिनाको र ३ वटाले पाँच वर्षको स्वीकृति पाएका छन् ।

नेपाल दुरसञ्चार प्राधिकरणले इमएआइ नम्वर २०७३ बैशाख १ गते देखि नयाँ निर्देशिका लागु गरी दर्ता गर्न थालेको हो । अबैध तरिकाले नेपालमा भित्रिएका मोबाइल फोन नेपालमा दर्ता नहुने र नेपाली मोबाइल सेवा प्रदायकका नेटवर्कमा सहि रुपमा प्रयोग गर्न पनि कठिन हुने भएकोले यस्तो फोनहरुको दर्ता अनिवार्य गराएको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.