नेशनल लाइफ इन्स्योरेन्सले ३० प्रतिशत बाेनस सेयर र त्यसपछि १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै

  २०७३ कार्तिक ३० गते १७:५९     विकासन्युज

national_life_insuranceकाठमाडौं, ३० कात्तिक । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले करिव ३२ प्रतिशतल लाभांश प्रस्ताव गरेको छ । यस कम्पनीले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सञ्चाकल समितिले गरेको उक्त प्रस्ताव बीमा समितिले अनुमोदन गरेको कम्पनीले जनाएको छ ।

साथै नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत बोनस सेयर वितरणपछि १०० प्रतिशतका दरले हकप्रद सेयर निश्काशन गर्ने भएको छ । दुबै प्रस्तावलाई सेयरधनीबाट अनुमोदन गराउन कम्पनीले मंसिर २९ गते साधारण सभा बोलाउने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.