नर्सरी व्यबस्थापन सम्बन्धि पाँच दिने तालिम सम्पन्न

  २०७३ कार्तिक ३० गते १७:१७     विकासन्युज

काठमाडौं, ३० कात्तिक । कृषि बिकास मन्त्रालयको सहयोग, नेदरल्याण्डस्थित पमको प्राबिधिक सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा गरिएको नर्सरी व्यबस्थापन तालिम सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको यो तालिममा धरान, पोखरा, चितवन र काठमाडौंका गरि ३० जना पुष्प व्यवसायीको सहभागिता रहेको थियो । नेदरल्याण्डस्थित पीयूएमका पुष्पबिशेषज्ञ विमभान केस्टरले पाँच दिने तालिम दिएका थिए । तालिममा सहभागिहरुलाई फ्लोरिकल्चर एसोशिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले प्रमाणपत्र बितरण गरेका थिए ।
trenning
अध्यक्षकुमार कसजु श्रेष्ठले यसपटक आयोजना गरेको तालिम यस अघि गरिएका तालिम भन्दाफरक रहेको बताउँदै यो तालिमबाट सिकेका कुरा ज्यबहारमा लागू गर्न सहभागीहरुलाई आग्रह गरे ।

सहभागिहरुलाई सिकाएका कुरा दैनिक कार्यमा प्रयोग गर्न, योजना बनाएर आफ्नो व्यबसायमा लाग्न आग्रह गर्दै विनभान केस्टरले नेपाली ब्यबसायीले धेरै कुरा ब्यबहारबाट जानि सकेको बताए । यो तालिमबाट सिकेको ज्ञान अन्य स्टाफ, व्यबसायीलाई सिकाउन पनि उनले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.