लक्ष्मी बैंककाे थप दुर्इ शाखा रामपुर र कौशलटारमा विस्तार

  २०७३ कार्तिक ३० गते १४:२०     विकासन्युज

काठमाडौं, ३० कात्तिक । लक्ष्मी बैंकले दुई नयाँ शाखा खोलेको छ । बैंकले पाल्पाको रामपुर र भक्तापुरको कौसलटार नयाँ शाखा खोलेको हो । आफ्नो सेवाहरु सहज रुपमा पु¥याउने लक्ष्यले बैंकले यी शाखाहरु संचालनमा ल्याएकोे हो । आर्थिक  र व्यापारिक दृष्टिकोणले प्रमुख laxmi_bank_burtibangभूमिका भएको रामपुर बजारमा र कौसलटारमा ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति बैंकले लिएको छ ।

यो सँगै बैंकको शाखा सञ्जाल ५९, विस्तार काउन्टर दुई वटा र एटिएम ७९ वटा पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पु¥याएको बैंकले दावी गरेको छ ।  बैंकले आर्थिक वर्ष २०७२÷७३ मा ४८ अर्व १५ करोड निक्षेप र ४० अर्व ३५ करोड कर्जा संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.