हिमालयन बैंकको खुद नाफा ४३ करोड ८१ लाख

  २०७३ कार्तिक ३० गते १०:५९     विकासन्युज

काठमाडौं, ३० कात्तिक । हिमालयन बैंकले पहिलो त्रैमासमा ४३ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३२ करोड २७ लाख रुपैयाँ नाफा आर्जक गरेको थियो । यो गत वर्षको तुलनामा १० करोड रुपैयाँले बढी हो ।  बैंकको सन्चालन मुनाफा र व्याज आम्दानीमा भएको बृद्धिका कारण सो नाफा कमाउन सफल भएको हो ।himalayan

बैंकले पहिलो तीन महिनामा ९३ अर्व निक्षेप संकलन गरेको छ भने ७२ अर्व कर्जा प्रबाह गरेको छ । बैंकले एक अर्व ३३ करोड व्याज आम्दानी गरेको छ भने ५० करोड रुपैयाँ व्याज खर्च गरेको छ ।

बैंकले ४ दशमलव ४० स्प्रेडदर कायम गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ९८ पैसा भने प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ ३३ पैसा रहेको छ । बैंकको चुक्तापुँजी ४ अर्व ९६ करोड रहेको छ । गत वर्षको सोही अवधिमा चुक्ता पुँजी ३ अर्व ३३ करोड रहेको थियो । २ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको कुमारी बैंकको जगेडा कोषमा एक अर्ब ५० करोड रुपैंयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.