स्ट्याण्डर्ड चाटर्ड बैंकले कमायो ३५ करोड नाफा

  २०७३ कार्तिक ३० गते १०:०२     विकासन्युज

scb_nepalकाठमाडौं, ३० कात्तिक । स्ट्याण्डर्ड चाटर्ड बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ३४ करोड ९४ लाख नाफा कमाएको छ ।
यो नाफा बैंकले गत आवको सोही अवधीमा कमाएको भन्दा जम्मा ४२ लाखले मात्रै बढि हो । गत आवको पहिलो त्रैमासिकमा बैंकले ३४ करोड ५२ लाख नाफा कमाउन सफल भएको थियो ।

स्ट्याण्र्ड चाटर्ड बैंकले  पहिलो तीन महिनामा ५७ अर्ब ४१ करोड निक्षेप संकलन गरेर ३२ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको देखिन्छ । बैैंकले ६३ करोड ब्याज आम्दानी गरेर १३ करोड ब्याज खर्च गरेको छ । बैंकको प्रति सेयर आम्दानी ४९ रुपैंयाँ ७० पैसा छ भने प्रति सेयर नेटवर्थ २८१ रुपैंयाँ ७१ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.