नेपालमा प्रतिबन्धित भारु १५ अर्व रुपैयाँ, आधिकारीकता राष्ट्र बैंकसँग छैन

  २०७३ कार्तिक ३० गते ७:३८     विकासन्युज

काठमाडौं ३०, कात्तिक । नेपाली बजारमा भारू ५०० र १००० का १५ अर्व रुपैयाँ बराबरको नोट रहेको अनुमान गरिएको छ ।

nepali_rupee

भारतले प्रतिबन्ध लगाएका यी नोटहरु नेपाली बजारमा १५ अर्व रुपैयाँ बराबरको हुनसक्ने नेपाल राष्ट्रबैंकको प्रारम्भिक अनुमान रहेको छ।

राष्ट्रबैंकको बिदेशी बिनिमय तथा अनुसन्धान बिभागका बहालवाला र अवकासप्राप्त कर्मचारीहरुले यस्तो अनुमान गरेका हुन् ।

उनीहरुका अनुसार भुक्तानीमा ठूलो मात्रामा भारु प्रयोग हुने गरेकाले १० देखि १५ अर्व रुपैयाँसम्मका भारु ५०० र १००० का नोटहरु नेपाली बजारमा छन् ।

राष्ट्रबैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने यो आधिकारीक तथ्यांक नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.