होन्डा नाभी नेपाली बजारमा आगमनसंगै टेस्ट राईड सम्पन्न

  २०७३ कार्तिक २९ गते २०:२२     विकासन्युज

काठमाडौं, २९ कात्तिक । नेपालमा होन्डा मोटरसाइकल, मोटर र स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होन्डा नाभीको नेपाली बजारमा आगमनसंगै स्याकार सेफ्टी राइडिंग ट्रेनिङ्ग सेन्टर, ग्वार्कोमा नाभी एक्पिरेन्स इभेन्टको आयोजना गरेको छ । सो इभेन्टमा होन्डा नाभी मोटर साइकलहरुलाई टेस्ट ड्राइभको लागि जीम खानामा आधारित ट्रयाकमा राखिएको थियो ।
navi_test_drive
यसले नेपाली टु व्हीलर सेग्मेन्टमा नयाँ सेग्मेन्टको शुरुवात गरेको छ र युवा ग्राहकहरुलाई आर्कषित गर्ने अपेक्षा गरिएको छ । नाभी साधारण मोटरसाईकल र एडभेन्चर बाईक बीचको क्रस जस्तो देखिन्छ । यो ब्राण्डका मोटरसाइकल विभिन्न ५ वटा कलर अप्सनहरुमा उपलब्ध छ ।
saurav_joyti
स्ट्रीट, एडभेन्चर र अफ रोड भेरियन्टहरुमा उपलब्ध नाभीमा विभिन्न कस्टमाइज्ड अप्सनहरुमा रहेको छ । यसको मेकानिकल र सफा डिजाईनले बाईक चलाउनेलाई आराम र परफरमेन्स दुवै दिने कम्पनीले जनाएको छ । होन्डा नाभी ११० सीसी सिंगल सिलिन्डर ट्रान्समिसनमा छ जसलाई अटोमेटिक गियरबक्ससंग मेटेड गरिएको छ ।

१५६ एमएमको हाई ग्राउन्ड क्लियरेन्स रहेको छ । यसले खाल्डाखुल्डी भएको सडकमा बाइक ठोक्निे जोखिम कम हुन्छ । बाईकको तौल १०१ केजी र फ्युल ट्यांक क्यापसिटी ३.८ लिटर रहेको छ । अधिकतम पावर ७००० आरपीएममा ७.८ बीएचपी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.