नेपाली बजारमा टेलिम्याटिक सिस्टमको जेसीबी लाइभलिंक सार्वजनीक

  २०७३ कार्तिक २९ गते १७:२९     विकासन्युज

काठमाडौं, २९ कात्तिक नेपालको लागि ‘जेसीवी हेभी मेसिन’को आधिकारीक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले भूउपग्रहका माध्यमले मेसिनहरुको निगरानी र हेरचाह गर्ने अत्याधुनिक प्रविधि ‘जेसीवी लाइभलिंक’ सार्वजनीक गरेको छ । उक्त प्रविधिले ‘टेलिम्याटिक सिष्टम’बाट जेसीवीका मेसिनहरुलाई टाढै बाटपनि नियन्त्रण गर्न सक्ने भएकोले महत्वका साथ नेपाली बजारमा पहिलो पटक सार्वजनीक गरिएको हो ।

jcb-press-meet

जेसीवी लाइभलिंक अत्याधूनिक टेलिम्याटिक मनिटरिङ सिस्टमबाट चल्ने भएकाले मेसिनहरुको निगरानी गर्न र मेसिनको उत्कृष्ट प्रयोगलाई ब्यवस्थित गर्न सक्ने कम्पनीले जनाएको छ । यो प्रविधिले जेसीवी मेसिनहरुको सर्भिस, अपरेसन र सेक्यूरिटीबारे महत्वपूर्ण जानकारी दिने कम्पनीका प्रबन्ध निर्देशक विष्णु अग्रवालले जानकारी दिए । उनले भने– ‘यस प्रविधिमार्फत उपभोक्ताले मेसिनलाई प्रभावकारी र सुरक्षित तरिकाले प्रयोग गर्न सक्नेछन् । साथै यसको प्रयोगले मेसिनको अनधिकृत प्रयोग र चोरी हुनबाट समेत बचाउँछ ।’

जेसीवी लाइभलिंक पहिल्यै संचालनमा रहेका जेसीवी ब्याकहो लोडरहरुमा पनि रेट्रोफिटिङ गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लाइभलिंकको प्रयोगले जेसीवीका मेसिन चोरीएको खण्डमा भूउपग्रहका माध्यमबाट सजिलै ट्रयाक गर्न सकिनेछ । यसले मेसिन रहेको वास्तविक स्थान पहिचान गरी भूउपग्रह र मोवाइल फोन प्रविधिमार्फत सूचना उपलब्ध गराउँछ । यसको प्रयोगले तोकिएको परिधिभन्दा बाहिर गएर  मेसिन संचालन भएको खण्डमा प्रयोग अवधि, इन्धन खपत, इन्जिनको लोडलगायतका बारेमा सूचना दिनेछ । जसले गर्दा न्युनतम संचालन खर्चमा अधिकतम उत्पादकत्व हासिल गर्न सक्ने कम्पनीले दावी गरेको छ ।

नेपालमा जेसीवीका ब्याकहो लोडर, ह्वील लोडिङ शोभेल, ट्रयाक्ट एक्साभेटर, भाइब्रेटरी कम्प्याटर, स्किड स्टिर लोडर र डिलर जेनसेटलगायतका उत्पादनहरु उपलब्ध रहेको जनाइएको छ ।

सन् २००३ मा वेलायती हेभी इक्विपमेन्ट ब्राण्ड जेसीवीलाई एमएडब्लु अर्थमुभर्सले आभिकारीक डिलरसिप लिएर नेपालमा भित्र्याएको थियो । नेपालमा जेसीवीका साढे दुईसय जना कर्मचारीहरु छन् भने दुई हजार भन्दा बढीलाई अपरेटर तालिम दिएर दक्ष जनशक्ति तयार पारिसकेको छ ।

जेसीवीले बिक्रिलाई नभइ बिक्रिपछिको सेवालाई बढी जोड दिएका कारण आफुलाई नेपालकै नम्वर वान हेभी इक्विपमेन्ट ब्रण्डका रुपमा स्थापित गर्न सफल भएको कम्पनीका प्रबन्ध निर्देशक अग्रवालले बताए । उनका अनुसार एमएडब्लु अर्थमुभर्सले ११ वटा शाखामार्फत जेसीवीका ग्राहकलाई देशभरी सेवा पु¥याइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.