एनसीसी बैंकको नाफा १२ करोड ९० लाख, गत वर्षको तुलामा एक प्रतिशत मात्रै नाफा

  २०७३ कार्तिक २९ गते ८:५५     विकासन्युज

काठमाडौं २९, कात्तिक । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १२ करोड ९० लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने जम्मा एक दशमलव ४९ प्रतिशतले मात्रै बढी हो । ncc_bank

यो बैंकले कर र बोनस अगाडि २० करोड रुपैयाँ नाफा गरेको भएपनि गत वर्षको तुलनामा खुद नाफा भने जम्मा १२ करोड ७१ लाखबाट १२ करोड ९० लाख मात्रै हुन सकेको छ ।

बैंकको निक्षेत्र ३० अर्ब ६३ करोड रुपैयाँ रहेको छ । यसले २५ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंको चुत्ता पूँजी २ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । यो बैंकको संचित कोषमा १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

खराब कर्जाको अनुपात शून्य दशमलव ९६ प्रतिशत रहेको छ । यो खराव कर्जाको अनुपान गत वर्ष १ दशमलव ८१ प्रतिशतच रहेको थियो । बैंको कर्जा निक्षेप अनुपात ७५ दशमलव ८१ प्रतिशत रहेको छ । यो बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९६ पैसा रहेको छ । एनसीसीको प्रतिशेयर बजारमा ३ सय ६३ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.