२०७३ कार्तिक २६ गते १३:४७ विकासन्युज
काठमाडौं, २६ कात्तिक । यूनाइटेड सिमेन्ट्स उद्योगले निर्माणकर्मीलाई लक्षित गरी भूकम्प प्रतिरोधात्मक निर्माण तथा रेट्रो फिटिङ सम्बन्धी प्राविधिक तालिम दिएको छ । उद्योगका अनुसार भूकम्पपछिको निर्माणलाई मजबुत बनाउने तथा गुणस्तरीय सामाग्री मात्रै प्रयोग गर्ने गराउने उद्देश्यले उक्त तालिम दिइएको हो ।
ललितपुरको लेलेमा अवस्थित आफ्नै चुनढुङ्गा खानीबाट गुणस्तरीय चुनढुङ्गा उत्खनन् गरी ओ.पि.सी. सिमेन्ट मात्र उत्पादन गर्दै आएको यस उद्योगको ‘यूनाइटेड सिमेन्ट’ ब्राण्डले नेपाल गुणस्तर चिन्ह प्राप्त गरी सकेको छ ।
“गुणस्तरिय निर्माण सामाग्री मात्र प्रयोग गरौ“ र मजबुत निर्माणमा जोड दिउ“” भन्ने नारा लिई अघि बढेको यस उद्योगले यस्तो किसिमको तालिम केही दिन अघि मात्रै भक्त्तपुरमा संचालन गरिसकेको छ । साथै, यस्ता किसिमका प्राविधिक तालिम अझै व्यापक रुपमा अन्य स्थानका निर्माणकर्मीलाई पनि प्रदान गर्दै जाने उद्योगको लक्ष्य रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.