शिवम् सिमेन्टको “चाँदी नै चाँदी” योजना समाप्त

  २०७३ कार्तिक २६ गते १३:२९     विकासन्युज

काठमाडौं, २६ कात्तिक, । शिवम् सिमेन्ट लिमिटेडले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याएको “चाँदी नै चाँदी उपहार योजना” समाप्त भएको छ । चाडपर्वको अवसरमा थप उत्साह प्रदान गर्न ल्याइएको योजना अन्तर्गत, शिवमले आफ्नो उत्पादनका प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी(गणेश” अकिंत चाँदीको सिक्का उपहार प्रदान गरेको थियो ।

shivam_cement

भदौ १५ देखि कार्तिक २६ सम्म लागू गरिएको योजनामा ग्राहक तथा विक्रेताहरुले उत्साहवर्द्धक सहभागिता जनाएका थिए । आगामी दिनहरुमा पनि उपभोक्ताहरुका लागि यस्ता विशेष योजनाहरु ल्याउने प्रतिबद्धता कम्पनीले गरेको छ ।

शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको ओपीसी सिमेन्टमध्ये एक हो । सन् २००९ मा हेटौँडामा स्थापित सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.