दुर्घटनाबाटै सकिदैँछन् नेपालमा सिंगल इन्जिनका जहाज, सिंगल इन्जिनका नयाँ जहाज ल्याउनै प्रतिबन्ध

  २०७३ कार्तिक २६ गते ११:३७     विकासन्युज

काठमाडौं २६, काठमाडौं । नेपालमा दुर्गम क्षेत्रको सारथि भनेर चिनिने गरेको सिंगल इन्जिनका जहाज एकपछि अर्को गरेर दुर्घटनाबाटै सकिन थालेको छन् ।

पटकपटकको सिंगल इन्जिनका जहाज दुर्घटनामा देखिएको प्राविधिक पक्षको कमजोरीका कारण पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरण ( क्यान)ले नयाँ सिंगल इन्जिनका जहाज आयातमा प्रतिवन्ध लगाएको छ भने भएकै जहाजमा पनि यात्रु बोक्न कडाइ गरेको छ । सिंगल इन्जिनका जहाजलाई यात्रु उडानमा प्रतिवन्ध लगाएर कार्गो उडानमा मात्रै प्रयोग गर्न प्राधिकरणले दिएको छ ।makalu-air1

नेपालमा पछिल्लो सयम यात्रु उडानमा भएको जोखिमलाई दृष्तिगत गरेर प्राधिकरणले सिंगल इन्जिनका वायुसेवालाई कार्गो उडानमा मात्रै सिमिति राखेको छ ।

कार्गो उडानमा मात्रै सिमिति गरेको भएपनि पछिल्लो समय सिंगल इन्जिनका जहाज दुर्घटनाबाट नै सकिन थालेका छन् ।

हाल नेपालमा गोमा, काष्टमण्डप र माकालुको मात्रै सिंगल इनिजनका जहाज रहेका छन् । यी मध्ये एयर काष्टमण्डप दुर्घटना भएको र प्राविधिक पक्ष कमजोर भएकै कारण प्राधिकरणले प्रतिवन्ध लगाएको छ भने मकालुसँग एउटामात्रै जहाज रहेको छ ।

मकालुको सो एउटा मात्रै जहाज पनि शुक्रबार हुम्लाको धावनमार्गमा फोर्स ल्याण्डिङ गरेको छ । जसका कारण यो जहाज तत्काल उडान गर्न नमिल्ने भएकोले प्राधिकरण स्रोतको भनाइ छ ।  काष्टमण्डपका एउटा जहाज उडान योग्य नहुँदा यी दुई कम्पनी जहाज विहिन भएका छन् । गोमा एयरसँग पनि दुई वटा सिंगल इन्जिको जहाज भएपनि यसले भने यात्रु उडान नभएरair-kasthamandap1 कार्गो उडानमा मात्रै केन्द्रित गरेको सम्वन्धित वायुसेवा कम्पनिको भनाइ छ ।

नेपालमा वायुसेवा निगमले डेढ दशकअगाडि संचालन गरेको सिंगल इन्जिनका तीन वटा जहा दुर्घटनाबाटै सकिए भने पछिल्लो समय उदाएका वायुसेवाको पनि अवस्था त्यस्तै भएको नेपाल नागरिक उड्डन प्राधिकरणको भनाइ छ ।

प्राधिकरणको अनुसार थप जहाज ल्याउन प्रतिवन्ध लाएको र भएकै जहाज पनि दुर्घटना हुन थालेको पनि सिंगल इन्जिनका वायुसेवा जहाजविहिन हुन थालेका हुन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा यस अघि गठन भएको सिंगल इन्जिनका वायुसेवाको उडानमा प्रतिवन्ध लगाउन सकिने सुझाव दिएको थियो । सोही सुझावका आधारमा मन्त्रलायले प्राधिकरणलाई सिंगल इन्जिनका जहाजको उडानमा प्रतिवन्ध लागउको थियो । अदालतको अन्तरिम आदेशबाट  यस्तो प्रतिवन्ध खुला गरेको भएपनि काष्टमण्डपको जहाज ६ महिना अगाडि दुर्घटना भएको प्रतिवेदन पछि विगत दुई महिनादेखि सिंगल इन्जिनका जहाजमा यात्रु उडानको अनुमति नभएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका उपमहानिर्देशक राजनराज पोखरेलका अनुसार सिंगल इन्जिनका जहाज अहिले निरुत्साहित छन् । जहाजलाई निरुत्साहित गर्नु भनेको प्रतिवन्ध नै हो तर यसको औपचारिक रुपमा प्राधिकरणले प्रतिवन्धको निर्णय भने गरेको छैन । सिंगल इन्जिनलाई यात्रु बोक्न दिने कि नदिने भन्ने विषयको मुद्धा अदालतमा विचाराधिन भएकोले प्राधिकरणले यस विषयमा औपचारिक निर्णय भने नगरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.