यस्तो हुनेछ भारतले ल्याउन लागेको ५ सय र २ हजारको नयाँ नोट

  २०७३ कार्तिक २४ गते १५:२०     विकासन्युज

काठमाडौं, २४ कात्तिक । भारतले नक्कली नोटको कारोबार बढेर अर्थतन्त्रमै संकट आउन थालेको भन्दै ५ सय र एक हजार दरका नोटको कारोबारमा रोक लगाएपछि त्यसको विकल्पमा नयाँ नोट ल्याउन लागेको छ । भारतले पाँच सय दरको नयाँ नोट ल्याउन लागेको छ भने एक हजार दरको सट्टा एकै पटक २ हजार दरको नोट ल्याउन लागेको हो ।

भारतले ल्याउने २ हजार दरका नयाँ नोटको नमूना

भारतले ल्याउने २ हजार दरका नयाँ नोटको नमूना

पाँच सयको नयाँ नोटमा एकतिर माहात्मा गान्धीको फोटो हुनेछ भने अर्काेतिर लाल किल्लाको तस्विर हुनेछ । त्यस्तै, २ हजारको नयाँ नोटमा एकातिर माहात्मा गान्धी र अर्काे भागमा मंगलायनको तस्विर हुने रिजर्भ बैंक अफ इण्डिया(आरबिआई)ले जनाएको छ । नयाँ नोटहरुमा आधुनिक सेक्युरिटी फिचर्सहरु समावेश गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.