डोनाल्ड ट्रम्प जित नजिक, सिनेटमा पनि रिपब्लिकनकै बहुमत

  २०७३ कार्तिक २४ गते ११:४९     विकासन्युज

trumpकाठमाडौं, २४ कात्तिक । अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प जित नजिक पुगेका छन् । कुल २७० इलेक्ट्रोरल मत आवश्य पर्नेमा हालसम्म उनले २५४ इलेक्ट्रोरेल मत प्राप्त गरिसकेका छन् । प्रतिद्धन्द्धी डेमोक्र्याटिक पार्टीकी हिलारी क्लिन्टनले जम्मा २१५ इलेक्ट्रोरल मत प्राप्त गरेकी छिन् ।

सिनेटमा समेत रिपब्लिकनहरुकै बहुमत पुग्नेदेखिएको छ । हालसम्म मत गणना सम्पन्न भएका राज्यहरुमा रिपब्लिकनहरुले अधिकांशमा बहुमत प्राप्त गरेका छन् । सम्भावित मत परिणामले ट्रम्पलाई आफ्नो योजना अनुसार काम गर्ने अवसर प्रदान गर्नेछ । उनले अमेरिकालाई मुस्लिम निषेधित मुलुक बनाउने, मेक्सिकोको सिमानामा पर्खाल लगाउने लगाएतका घोषणा गरेका थिए ।

ट्रम्प विजय उन्मुख भैरहँदा अमेरिकी सडकहरुमा ‘वि हेट मुस्लिम एण्ड ब्ल्याकः वि वान्ट आवर ग्रेट नेशन ब्याक’ लगायतका नारा घन्किन सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.