एनआईसी एसिया बैंकको नयाँ शाखा पोखराको विरौटामा सञ्चालन

  २०७३ कार्तिक २३ गते १७:०१     विकासन्युज

पोखरा, २३ कात्तिक । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो ७४औँं शाखाको रुपमा मंगलबारदेखि पोखराको विरौटामा शाखा सञ्चालनमा ल्याएको छ । बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्राय अनुरुप विरौटामा स्थापित शाखाको एक समारोहबीच मंगलबार पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वश्ङ्कर पालिखेले उद्घाटन गरेका हुन् ।

nic_asia_birauta_branch

शाखा सञ्चालनसँगै बैंकका सेवाग्राही लाभान्वित हुने विश्वास लिइएको शाखाका प्रबन्धक चुडामणि पराजुली (दपिक)ले बताए । नयाँ शाखा विरौटासहित बैंकको शाखा सञ्जाल ७६ तथा एटिएम सङ्ख्या ६९ पुगेको छ ।

बैंकले गत त्रैमासिक अवधिमा गत आवको सोही अवधिको तुलनामा कर्जा सापटिमा ३९ प्रतिशत तथा निक्षेपमा ३४ प्रतिशतका साथै खुद मुनाफामा ६६ प्रतिशतको उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.