सिद्धार्थ बैंकको पिओएस मेशिन बजारमा, नगद बिना नै सामान खरिद गर्न सकिने

  २०७३ कार्तिक २२ गते १८:०७     विकासन्युज

sbl_pos_machineकाठमाडौं, २२ कात्तिक । सिद्धार्थ बैंकले आधुनिक बैंकिङ्ग प्रणालीमा आधारित आफ्नै पिओएस मेशिनहरु बजारमा ल्याएको छ । पिओएस मेशिन जडित व्यापारिक केन्द्रहरुमा ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोग गरि रकम भुक्तानी गर्न सकिने हुँदा नगद बिना नै सामान तथा सेवा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । सिद्धार्थ बैंकले प्रदान गर्ने यस सेवाबाट ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंकको विश्वास रहेको छ ।

ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवाको प्रयोग र अन्र्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्न बैंकले देशका १०० भन्दा बढी विभिन्न स्थानहरुमा पिओएस मेशिन राखिसकेको र थप स्थानहरुमा पिओएस मेशिन राख्ने प्रकृयामा रहेको जनाएको छ । पिओएस मेशिन राख्न इच्छुक संस्थाले सिद्धार्थ बैंकको नजिकैको शाखामा सम्पर्क राख्न सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.