सिद्धार्थ इन्स्योरेन्सले ३० प्रतिशत बोनस सेयर दिने, १० लाख ३४ हजार कित्ता बोनस सेयर दिने प्रस्ताव

  २०७३ कार्तिक २२ गते १२:३२     विकासन्युज

काठमाडौं २२, कात्तिक । सिद्धार्थ इन्स्योरेन्सले ३० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको यही कात्तिक १९ गते बसेको संचालक समितिको बैठकले वोनस सेयर दिने निर्णय गरेको छ ।
siddhartha_insurance
यो बीमा कम्पनीले दिने बोनस सेयरको जानकारी सोमबार नै नेपाल स्टक एक्सचेन्जलाई दिएको छ ।

सिद्धार्थ इन्स्योरेन्सको नेप्सेमा ३४ लाख ४८ हजार ५ सय कित्ता शेयर सूचिकृत छ । यो कम्पनीको प्रति कित्ता शेयर बजारमा २५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो कम्पनीले १० करोड ३४ लाख ५५ हजार रुपैयाँ बराबारको १० लाख ३४ हजार ५५० कित्ता बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक बर्ष २० करोड रुपैयाँ नाफा गरेको थियो । सोही नाफाबाट बोनस सेयर दिएर चुक्ता पूँजी बढाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.