एनएमबी बैंकको नाफा १४७ प्रतिशतले बढ्यो, तीन महिनामै ३५ करोड नाफा

  २०७३ कार्तिक २२ गते १०:५०     विकासन्युज

काठमाडौं २२, कात्तिक । एनएमबी बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा १४७ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले तीन महिनामै ३५ करोड ३६ लाख खुद नाफा गरेको छ ।nmb_bank

बैंकसँग सर्वसाधारणको कुल निक्षेप रकम ६५ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यो बैंकको गत वर्षको असोजसम्मा ५६ अर्ब ५५ करोड रुपैयाँ यस्तो निक्षेप थियो ।

यो बैंकले गत असोजसम्ममा ५६ अर्ब रुपैयाँको कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पूँजी ५ अर्ब ४३ करोड रहेको छ । यो बैंकको जगेडा कोषमा ४ अर्ब १९ करोड रुपैया रहेको छ ।

सीडी रेसियो ७५ दशमलव ४५ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा १ दशमलव ८३ प्रतिशत रहेको छ । प्रति सेयर आम्दानी साढे ३१ रुपैयाँ भने बजारमा यसको प्रति कित्ता शेयर ८ सय १२ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.