ग्लोबल आईएमई बैंकको नाफा ३४ प्रतिशतले बढ्यो, तीन महिनामा साढे ४१ करोड नाफा

  २०७३ कार्तिक २२ गते १०:३६     विकासन्युज

काठमाडौं, २२ कात्तिक । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४१ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३४.३७ प्रतिशतले बढी हो । तीन महिनमा बैंकको सञ्चालन नाफा ५४ करोड ५३ लाख रुपैयाँ छ ।

यस बैंकले गत एक वर्षमा निक्षेप १७ अर्बले वृद्धि गरी ७९ अर्ब रुपैयाँ पुर्याएको छ भने कर्जा १५ अर्बले वृद्धि गरी ६७ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै लगानी करिव ५ अर्ब वृद्धि गरी १७ अर्ब ७९ करोड रुपैयाँ पुर्याएको छ ।

यस बैंकको चुक्ता पुँजी ७ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने संचित कोषमा १ अर्ब ९९ करोड रुपैयाँ छ । बैंकको पुँजी प्रयाप्तता ११.९५ प्रतिशत छ ।

बैंकको खराज कर्जा १दशमलव ७१ प्रतिशत छ । सिडी रेसियो करिव ७९ प्रतिशत छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५५ पैसा भएको यस बैंकको सेयर प्रति कित्ता ५ रुपैयाँ भन्दा कममा कारोबार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.