नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ८२ प्रतिशतले बढ्यो, तीन महिनामा कमायो ७७ करोड

  २०७३ कार्तिक २२ गते १०:१५     विकासन्युज

काठमाडौं, २२ कात्तिक । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ७७ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा करिब ८२ प्रतिशतले बढी हो । तीन महिनमा बैंकको सञ्चालन नाफा १ अर्ब १३ करोड रुपैयाँ छ ।

यस बैंकको विजनेश पनि ह्वात्तै बढेको छ । एक वर्षमा निक्षेप १७ अर्बले वृद्धि गरी १ खर्ब १२ अर्ब रुपैयाँ पुर्याएको छ भने कर्जा २० अर्बले वृद्धि गरी ९४ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै लगानी ८ अर्बले वृद्धि गरी २७ अर्ब रुपैयाँ पुर्याएको छ ।
बैंकको खराज कर्जा शुन्य दशमलव ७१ प्रतिशतमा झरेको छ । सिडी रेसियो ७८ प्रतिशत छ । बैंकको क्यापिटल एडेक्वेसी १३.९३ प्रतिशत छ ।

बैंकको चुक्ता पँुजी ८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ भने संचित कोषमा ८ अबै ४० करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३५ रुपैयाँ भएको यस बैंकको सेयर मूल्य प्रतिसेयर ८ रुपैयाँ भन्दा कममा कारोबार भईरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.