सेयर बजारमा सीघ्र सुधारात्मक कार्य गर्न सम्बन्धित कम्पनीहरूलार्इ धितोपत्र बोर्डको निर्देशन

  २०७३ कार्तिक २१ गते २१:०४     विकासन्युज

sebonकाठमाडौं, २१ कात्तिक । नेपाल धितोपत्र बोर्डले सेयर बजारको समस्या पहिचाहनसहित सीघ्र सुधारात्मक कदम चालेको छ । बोर्ड धितोपत्र बजारमा काम गर्ने नेपाल स्टक एक्स्चेन्ज, सीडीएस एण्ड क्यिलरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर्सलगायत सबै संस्थालाई छुट्टाछुट्टै पत्र काट्दै सुधारका विभिन्न काम गर्न निर्देशन दिएको छ ।

बजारमा सुधार ल्याउनको लागि कम्पनीहरुले गर्नु पर्ने कामको सूचि नै तयार गरेर उल्लेखित काम तत्काल गर्न र प्रगति विवरण बोर्ड समक्ष पेश गर्न निर्देशन दिएको छ । दसैंपछि र तिहार अघि बोर्डले सबै कम्पनीहरुलाई सुधार गर्नु पर्ने कार्यहरुको सूचिसहित निर्देशनात्मक पत्र काटेको छ ।

बोर्डले असाेज ३० गते नेपाल स्टक एक्स्चेन्जलाई पत्र काट्दै क्लियरिङ बैंक थप गर्न, सिस्टम अडिट गर्न, कारोबार सफ्टवेयरमा आएको समस्या तत्काल समाधान गर्न, सेयर ब्रोकर कम्पनीहरुको पूर्वाधार सुधार र शाखा विस्तारको कार्य गराउन, ब्रोकर कम्पनीहरुको सुपरिवेक्षण तथा अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएको छ । साथै कम्पनीको लेखापरिक्षण गरी वार्षिक प्रतिवेदन ठिक समयमा पेस गर्न निर्देशन दिएको छ ।

धितोपत्र बोर्डले सीडीएस एण्ड क्लियरिङ कम्पनीलाई पनि पत्र काटेर क्लियरिङ बैंक थप गर्न, सिस्टम अडिट गर्न, निक्षेप सदस्यको सुपरिवेक्षण तथा अनुगमन गर्न, पे इन र पे आउट सिस्टम व्यवस्था मिलाउन, लगानीकर्ताको लागि इन्भेष्टर आईडी बनाउन, राफसाफ तथा फस्र्योट सम्बन्धि सफ्टवेयरमा आएको समस्या तत्काल समाधान गर्न, बोल्ड खोल्दा बैंक खाता समेत अद्यावधिक गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । साथै, बोर्डले यसअघि दिएको निर्देशन तथा नीतिको पालना नगरको विषयमा सीडीएक एण्ड क्लियरिङ कम्पनीलाई स्पष्टीकरण मागेको छ । ‘बोर्डले दिएका निर्देशन शीघ्र कार्यान्वयन गर्न र कार्यन्वयनमा भएका प्रगति बारे जानकारी गराउनु’ बोर्ड काटेको पत्रमा उल्लेख गरिएको छ ।

बोर्डले धितोपत्र ब्रोकर कम्पनीहरुलाई शंकास्पद सेयर कारोबारमा निगरानी बढाउन, त्यस्ता कारोबारको विवरणको जानकारी नियामक निकायलाई दिन, धितोपत्र दलाल व्यवसायलाई छिटो, छरितो र चुस्त बनाउन, लगानीकर्ताको गुनासो समाधान गर्न निर्देशन दिएको छ ।

यसैबीचमा नेपाल धितोपत्र बोर्डले तिहारअघि ६ वटा ब्रोकर कम्पनीहरुको कारोबार एक हप्तासम्म बन्द गरिदिएको थियो भने नागरिक लगानी कोषसहित ४ वटा मर्चेन्ट बैंकरलाई एक साता नयाँ काम गर्न रोकिदिएको छ । नियम अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वित्तीय विवरण नबुझाएको र विवरण बुझाउन नभ्याएको अवस्थामा नियम अनुार थप तीन महिना समय माग समेत नगरी धितोपत्र सम्बन्धी कानुनको अवज्ञा गरेका कारणले उनीहरुलाई कारवाही गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

सच्याइएकाे ः यस समाचारकाे तेस्राे प्याराग्राफमा भुलबस कात्तिक ३० हुन गएकाेले सच्याइएकाे छ । सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.