क्लिन्टनकाे अर्थनीति ‘सुधारात्मक’,  ट्रम्पको अर्थनीति ‘अराजक’ :अर्थविद्

  २०७३ कार्तिक २१ गते १९:२९     विकासन्युज

वासिङ्गटन, २१ कात्तिक । अमेरिकी कर प्रणाली, सार्वजनिक खर्चब्यबस्था र आरक्षण सम्बन्धि ब्यबस्थापनका विषयमा राष्ट्रपतीय उम्मेदबारद्वय मध्ये क्लिन्टनको अर्थनीति सुधारात्मक हुने र ट्रम्पकाे अर्थनीति अराजक हुने अमेरिकाका एक वरिष्ठ अर्थविद्ले बताएका छन् । एउटा निष्पक्ष, स्वतन्त्र र व्यावसायिक अर्थनीति समूहः कमिटि फर इकोनोमिक डेभेलप्मेन्टका अर्थविद् स्टिभ अड्ल्याण्डले भनेका छन्, क्लिन्टनकाे अर्थनीति  “निरन्तरता” र ट्रम्पको अर्थनीति “अज्ञानता” हो  ।

trump_hillary4हिलारी क्लिन्टनका अभिव्यक्तिले वर्तमान अमेरिकी अर्थतन्त्रलाई निरन्तरता दिने तर, ट्रम्पले बेलाबखतमा अभिव्यक्त गरेका आर्थिक प्रस्तावले भने वर्तमान अमेरिकी अर्थतन्त्रलाई झस्काउने वा आर्थिक उग्रवादतर्फ धकेल्ने सम्भावना देखाएको छ ।

ट्रम्पका बिभिन्न आर्थिक अभिब्यक्तिलाई धेरै अर्थशास्त्री तथा अर्थविदहरु अमेरिकाको वर्तमान आर्थिक समृद्धिलाई खतरा पु¥याउने खालको भनी झस्किने गर्छन् तापनि यी रिपब्लिकन उम्मेदवारले प्रस्तुत गरेका आर्थिक सुधारका योजनाबाट अमेरिकी अर्थतन्त्रले थप लाभ उठाउन सक्नेमा अमेरिकाका साना ब्यबसायी तथा स–साना लगानीकर्ताहरु भने आशावादी रहेका भेटिएका छन् ।

दुई उम्मेदबारकाबीच अति कडा प्रतिस्पर्धा भैरहेको यस स्थितिमा निर्वाचन सम्पन्न हुन दुई दिन मात्र बाँकी छँदा गरिएको अर्थतन्त्रीय पूर्वसर्भेक्षणात्मक मतसङ्कलनको नतिजालाई हेर्ने हो भने विश्व अर्थतन्त्र आंकलन र अनुगमन गर्ने दुई विशाल संस्थाहरुमध्ये “वाल स्ट्रिट” क्लिन्टनको पक्षधर र “मेन स्ट्रिट” चाहीँ ट्रम्पको पक्षधर रहेको पाइएको बताउँछन् उनै अर्थविद् स्टिभ अड्ल्याण्ड ।

त्यस्तै, अर्को आर्थिक संस्था सिएनबिसी नेटवर्कद्वारा आयोजित, अर्थविज्ञ तथा वाल स्ट्रिट सदस्यहरु समेत ५० जनासँग गरिएको पूर्वसर्भेक्षणमा ८२ प्रतिशतले क्लिन्टन विजयी हुने मत प्रकट गरे ।

अर्थतन्त्रका लागि ट्रम्पको आर्थिक प्रस्तावले लाभ दिने पक्षमा ४६ प्रतिशत खडा भए भने क्लिन्टनको पक्षमा ३९ प्रतिशत मात्र । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.