एनसेलले ल्यायो ‘रोमिङ् कम्बो प्याक’ योजना, सोमबारदेखि लागू हुने

  २०७३ कार्तिक २१ गते १६:५४     विकासन्युज

काठमाडौंं, २१ कात्तिक । देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक ‘रोमिङ् कम्बो प्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका ग्राहकले रोमिङ्मा रहेको बेलामा कर सहित मात्र १५०० रुपैयाँमा भ्वाइस, एसएमएस र डेटा प्याकको मज्जा लिन सक्नेछन् ।

कम्पनीका अनुसार उक्त योजना भारत, अमेरिका, बेलायत, हङकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड लगायतका विभिन्न २५ देशहरुमा यहि सोमबार (कार्तिक २२, २०७३) देखि लागु हुनेछ । यो योजना सुचारु गर्ने एनसेलका प्रिपेड वा पोस्टपेड ग्राहकले आफु सम्बन्धित रोमिङ् देशहरुमा रहँदा नेपाल र कम्बो प्याकमा रहेका अन्य देशहरुका लागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमन कल, २५ एसएमएस र २५ एमबि डेटा पाउनेछन् । प्याक अन्र्तगत उपलब्ध हुने यी सेवाहरुको प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ ।

यो योजना सुचारु गरी एनसेलका ग्राहकले रोमिङ् देशहरुमा आफु यात्रामा भएको समयमा पनि आफ्ना परिवार, आफन्त तथा व्यवसायिक साझेदारहरुसँग सुलभ दरमा कुराकानी गर्दै संचार सेवाको खर्चमा कटौती गर्न सक्नेछन् । उदाहरणका लागि कम्बो प्याक लिई भारत यात्रामा जाने एनसेलका ग्राहकले १२,५०० रुपैयाँ बचत गर्न सक्नेछन् । बिना प्याक भारतमा रोमिङ्मा रहँदा भ्वाईसको २५ रुपैयाँप्रति मिनेट, प्रति एसएमएस १० रुपैयाँ र डेटाको शुल्क प्रति एमबि ५०० रुपैयाँ लाग्दछ । यसरी प्याक अन्र्तगत पाईने यही भोल्युमका सेवाहरुका लागि बिना प्याक प्रयोग गर्दा ग्राहकहरुले १४ हजार रुपैयाँ खर्च गनुपर्ने हुन्छ ।

त्यसैगरी, कम्पनीका अनुसार थाईल्याण्ड र अन्य देशहरुमा यो कम्बो प्याक सुचारु गरेर भ्रमणमा जाने ग्राहकहरुले क्रमशः१६,४५० र १३,९५० रुपैयाँ बचत गरेर रोमिङ् सेवाको फाईदा लिन सक्छन् । पोष्टपेड सेवाका ग्राहकहरुले एस्ट्रिक्स १७१२९ ह्यास डायलगरी चौथो विकल्प रोजेर प्राप्त जानकारी अनुसार यो रोमिङ् कम्बो प्याक सुचारु गर्न सक्नेछन् । प्रिपेड ग्राहकका हकमा, ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायलगरी दोस्रोे विकल्प रोजेर त्यसपछि प्राप्त जानकारी अनुसार यो प्याक लिन सक्छन् ।

“आफ्ना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता बमोजिम २५ वटा देशमा लागु हुनेगरी रोमिङ् कम्बो प्याक अन्र्तगत शुल्क घटाउदै यो योजना ल्याउन पाउँदा हामी निकै हर्षित छौ,” कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यसले रोमिङ्मा रहने हाम्रा ग्राहकलाई एउटै प्याकको माध्यमबाट भ्वाईस, एसएमएस र डेटा सेवाहरु सुलभ मुल्यमा उपलब्ध गराउने छ र भ्रमणका बेलामा सुलभ र सहज रुपमा सम्पर्कमा रहन मद्दत गर्नेछ ।”

आफ्नो संचार सेवाको आवश्यकता बमोजिम, ग्राहकले जति पटक पनि यो प्याक लिन सक्छन् । प्याक प्रयोग गर्ने समयसिमा वा प्याकमा उपलब्ध भएको सेवाहरु उपयोग गरी सकेपछि हाल रोमिङ्का बेलामा लाग्दै आएको शुल्कहरु लागु हुनेछ । ग्राहकले एस्ट्रिक्स १०१ ह्यास डायल गरी आफ्नो कम्बो प्याकमा के कति सेवाहरु बाँकी छन् भनेर हेर्न सक्छन् । यो अफरमा प्याक स्वत पुन सुचारु हुने व्यवस्था समावेश गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.