हवाई उड्डयनमा नयाँ कम्पनी थपिँदै, एभरेष्ट हेलिकोप्टर संचालन गर्न श्रीका दुईवटा हेलिकोप्टर खरिद

  २०७३ कार्तिक २१ गते १०:४८     विकासन्युज

काठमाडौं २१, कात्तिक । हेलिकोप्टर सेवामा नयाँ कम्पनी आउने भएको छ । मनाङ हेलिकोप्टरबाट छुट्टिएर गएको लाक्पा शेर्पासहितको टिमले एभरेष्ट हेलिकोप्टर संचालनको अन्तिम तयारी गरिरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो वायुसेवाले जहाज ल्याउनको लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पाइसेको छ । अब, जहाज ल्याएपछि यसले आवश्यक प्रक्रिया पूरा गरेको अवस्थामा उडान संचालन अनुमति (एओसी) पाउँछ ।shree_airlines

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सात महिना अगाडि नै इजाजतपत्र (लाइसेन्स) पाएको यो वायुसेवा कम्पनीले प्राधिकरणबाट एओसी पाउने तयारीमा रहेको छ ।

यो वायुसेवा करीब अन्तिम तयारीमा रहेको र आवश्यक डकुमेन्ट जुटाउने क्रममा रहेको पनि प्राधिकरणले जानकारी दिएको छ ।

एभरेष्टल श्री एयरलाइन्सको दुई वटा एसए ३५० बीथ्री ई नामक हेलिकोप्टर खरिदको सम्झौतासमेत गरिसकेको छ ।

श्रीले आन्तरिक तथा वाह्य उडानमा नियमित उडानका जहाजबाटै सेवा दिने तयारी गरेकोले पनि यसले दुईवटा हेलिकोप्टर बेचेर जहाजमै लगानी गर्न खोजेको पनि प्राधिकरणको बुझाई छ ।

श्रीले एक महिना अगाडि नै दुई वटा हेलिकोप्टर एभरेष्ट हेलिलाई दिन औपचारिक सहमति गरेको स्रोतको भनाइ छ । हाल यो दुइवटा हेलिकोप्टरको उडान आवर नबढाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा राखिएको छ ।

प्राधिकरणका अनुसार आन्तरिक उडानमा पछिल्लो समय हेलिकोप्टरको व्यवसाय निकै चर्को प्रतिस्पार्धामा गएको छ । एउटा हेलिकोप्टरलाई कम्तिमा २० करोडका दरले पनि दुई वटालाई ४० करोड र अन्य कम्पनी तथा कर्मचारी तथा पाइलट र इन्जिनयरको व्यवस्थापन गर्दा हेलि एभरेष्टले कम्तिमा दुई वटा हेलि संचालन गर्न ५० देखि ६० करोड खर्च गर्नुपर्ने पर्यटन मन्त्रालय स्रोतको भनाइ छ ।

यो वायुसेवाले प्राधिकरण अन्तर्गतको हवाई उडान सुरक्षा विभागमा अनुमतिको लागि आवेदन दिएको छ । यो वायुसेवाको आवेदनमा प्राधिकरणले आवश्यक मूल्यांकनको काम गरिरहेकोले आगामी एक सातासम्ममा उडान अनुमति पाउनसक्ने पनि प्राधिकरण स्रोतको भनाई छ ।
हाल नेपालमा हेलिकोप्टर सेवामा नै विभिन्न ८ वटा कम्पनी रहेका छन् । यी कम्पनीमध्ये श्री, सिम्रिक, फिस्टेल, एयर डाइनेस्टि, माउन्टेन, मनाङ, अल्टिच्यूड हेलिकोप्टर संचालमा रहेका छन् । यी हेलिकोप्टरका २ देखि ४ वटासम्म हेलिकोप्टर उडानमा रहेका छन् । थप हुने तयारीमा रहेको एभरेष्टले पनि हाललाई दुईवटै हेलिकोप्टर संचालनमा ल्याउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.