साहसिक पर्यटनप्रतिको आकर्षण बढ्यो, नेपाल भित्रने पर्यटक मध्ये ६० प्रतिशतको रोजाइ साहसिक पर्यटनमा

  २०७३ कार्तिक २० गते १३:२४     विकासन्युज

काठमाडौं २०, कात्तिक । नेपालमा आउने साहसिक पर्यटप्रतिको आकर्षण बढ्न थालेको छ । नेपालमा आउने विदेशी पर्यटको पहिलो रोजाइ नेपालका विभिन्न क्षेत्रमा गरिने साहसिक पर्यटकीय गन्तव्य हुन थालेका छन् ।

२०७२ बैशाखको भूकम्पअगाडिकै अवस्थामा नेपालमा साहसिक पर्यटन पुग्न थालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालको भनाइ छ ।
tourist_nepal
उनका अनुसार सन् २०१६ मा नेपालमा आउने विदेशी पर्यटकको संख्या ८ लाख पुग्ने अनुमान गरिएको छ । यो संख्या मध्ये अधिकांश पर्यटको रोजाइ नेपालमा साहसिक पर्यटकीय गतिविधि नै गर्ने रहेको उल्लेख छ ।

पर्यटन विभागको तथ्यांक अनुसार सन् नेपालमा अहिले साहिसक पर्यटनको लागि वेमौषम भएपनि पर्यटकीय आकर्षण देखिएको छ ।

पदायत्रा र सगरमाथा आरोहण जाने सिजन नभएपनि अन्नपूर्ण, मनास्लुलगायतका ८ हजार मिटर भन्दा साना हिमाल आरोहणको समय हो । यो समयमा देखिएको पर्यटनकीय आकर्षणले पनि नेपालमा साहसिक पर्यटकीय गतिविधि बढाएको छ ।

विभागका अनुसार सगरमाथा बाहेक अटम सिजानमा सन् २०१४ मा १३८९ जना, सन् २०१५ मा १०५५ जना पर्यटकले विगभागबाट साहसिक पर्यटकको अनुमति लिएका छन् । यस्तो अनुमति सन् २०१६ मा १४ सय जना पुग्ने भएका छन् । विभागबाट एक हजार जानेले साहसिक पर्यटनको अनुमति लिइसकेका र चार सय जना अनुमतिको चरणमा रहेको पनि विभागका प्रवक्ता ढाकालको भनाइ छ ।

नेपाल सुरक्षित रहेको सन्देश प्रवाह हुन थालेको, अन्तर्राष्ट्रिय संचार माध्यम तथा ट्राभल पोर्टलले गर्ने नेपालको प्रचारले पनि साहसिक पर्यटनको गतिविधि बढेको ढकालको दाबी छ ।

उनका अनुसार पर्यटकको तथ्यांक सेप्टेम्बरसम्ममा ५ लाख ८६ हजार रहेको र सन् २०१६ मा आठ लाख पुग्ने अनुमान गरिएको छ । नेपालको विगतको पर्यटकीय अवस्था हेर्दा साहसिक पर्यटकको रोजाइ ६० प्रतिशत रहेको पनि विभागले जानकारी दिएको छ ।

नेपालमा आउने विदेशी पर्यटकको पहिलो रोजाइ सगरमाथा, अन्नपूर्ण र लाङटाङको पदयात्रा, हिमाल आरोहण हुने गरेको छ । त्यसपछि नेपालमा रहेको विभिन्न पर्यटकीय गतिविधि बन्जि, प्याराग्लाइडिङ, हाइकिङ, राफ्टिङ, स्की, माउन्टेन फ्लाईट, जंगल सफारी, कायाकीङ, क्यानोनिङसहितका गतिविधि हुने गरेका छन् । यी गतिविधि गर्न पर्यटक नेपाल आउने गरेको उल्लेख्य छन । tourism

नेपालमा पछिल्लो समय साहसिक पर्यटनकीय सेवाका पर्यटकीय संस्था पनि बढिरहेका छन् । हाल नेपालमा २९ सय वटा ट्राभल एजेन्सी, २१ सय वटा ट्रेकिङ एजेन्सी, ११ हजार ट्रेकिङ गाइड, ३६ सय ट्राभल गाइड, ६५ वटा राफ्टिङ एजेन्सी, ४५ वटा टुरिष्ट भेइकल एजेन्सी, ७० वटा प्यराग्लाइडिङका एजेन्सी मन्त्रालयमा दर्ता भएका छन् । दर्ता विना संचालन भएका अन्य साहिसक पर्यटकीय गतिविधि पनि उल्लेख्य रहेको विभागको बुझाई छ ।

नेपालमा आउने विदेशी पर्यटक मध्ये सबैभन्दा खर्चालु नै साहसिक पर्यटक हुने गरेको नेपाल पर्वतारोहण संघ एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाको भनाइ छ । उनका अनुसार अन्य सबै पर्यटकीय गतिविधिमा गर्ने खर्च एकै वर्षको पर्वतारोहण गतिविधिमा हुने खर्च भएको दाबी पनि शेर्पाको छ । पर्वतारोहण सबैभन्दा साहसिक पर्यटन हो भने यसैका लागि नेपाल आउने पर्यटको संख्या पनि हरेक वर्ष बढ्दै गएको पर्वतारोहण संघको बुझाई छ ।

साहसिक पर्यटमा नेपालीसमेत उत्साहित

नेपालका साहसिक पर्यटकीय गन्तव्य विदेशी पर्यटकका लागि परिचित भएपनि पछिल्लो सयम आन्तरिक पर्यटक (नेपाली)को रूची बढ्न थालेको छ । ट्राभल, ट्रेकिङ तथा टूर एजेन्सीसँग साहसिक पर्यटकीय गन्तव्यमा जाने नेपाली पर्यटकले चासो देखाउँने गरेको ट्रेकिङ् एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)को भनाइ छ । घुमघाममा रमाउने नेपालीको जमानत र छुट्टीको समयमा पदयात्रा जाने विद्यार्थीवर्गले साहसिक पर्यटनलाई रुचाउँन थालेका छन् ।
Tourism
मनोरञ्जनात्मक गतिविधिकै लागि कर्पाेरेट हाउसमा काम गर्नेदेखि सामान्य व्यक्तिका लागि पनि साहसिक पर्यटकीय क्षेत्र तिनको रोजाई हुने गरेको पर्यटन व्यवसायी बताउँछन् ।

आन्तरिक पर्यटकले एक दिने हाइकिङदेखि दुई–तीन दिनसम्मको पदयात्रा, हवाई खेलकूदलगायतका गतिविधिका साथमा बञ्जी र राफ्टिङ रुचाउँने गरेको सोसाइटी अफ टुर एण्ड ट्राभल अपरेटर्स नेपालका अध्यक्ष यमबहादुर खड्काको भनाइ छ ।

बञ्जी, राफ्टिङलगयातका गतिविधिमा रमाइलो हुने र एक दिनको प्याकेज लिन सकिने भएकोले पनि यसतर्फ आन्तरिक नेपाली बढेको बताइएको छ । ‘नेपालमा एजेन्सीमार्फत पदयात्रामा जाने नेपाली कम भएपनि समूह बनाएर जाने क्रम भने बढ्न थालेको छ । एजेन्सीको प्रयोग नगरेपनि तिनले गाइड र सवारी साधन भने प्रयोग गर्ने गरेका छन् ।

नेपालीको समूह बढ्दै जादाँ तिनले एजेन्सीको प्रयोग गर्नेमा ढुक्क हुन सकिने पनि टानको भनाइ छ । हिमाली क्षेत्रमा पदयात्रामा जानु साहसिक कार्य भएकोले यसप्रति नेपालीको आकर्षण बढ्दै गएको बताइएको छ ।

नेपाल भ्रमण वर्ष, पर्यटन वर्ष र घुमफिर वर्षले नेपालीप्रतिको उत्साह बढाएको नेपाल पर्यटन बोर्डको भनाइ छ । बोर्डका संचार संयोजक सुधन सुवेदीका अनुसार आन्तरिक पर्यटकको बजार बढ्नुमा सूचनाको पहुँच बढ्नु नै हो ।

नेपाली पर्यटक भन्ने टे«न्डको विकास नै भर्खर हुन थालेकोले छ । त्यसमा पनि साहसिक पर्यटकीय गतिविधि गर्ने र माउने क्रम बढेपनि तथ्यांकमा भने भन्न नसकिने अवस्था नरहेको बोर्डको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.