डेढ महिनापछि राष्ट्र बैंक बाेर्डले गर्यो दुई निर्णय, मर्जर सम्बन्धि एनसीसी बैंककाे फाइल बोर्डमा गएन

  २०७३ कार्तिक १९ गते २१:२३     विकासन्युज

काठमाडौं, १९ कात्तिक । करिब डेढ महिनापछि शुक्रबार साँझ बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले दुई वटा निर्णय गरेको छ । सञ्चालक समितिका एक सदस्यले दिएको जानकारी विना निर्णय बजारमा सर्कुलर भएको ६० अर्ब रुपैयाँ मुद्रालाई स्वीकार गर्ने निर्णय गरेको छ । साथै बजारमा पठाउने मुद्राको सीमा ३७५ अर्बलाई वृद्धि गरी ४५० अर्ब रुपैयाँ बनाइएको छ ।

त्यस्तै शुक्रबारको बैठकले ग्लोवल आईएमई बैंकलार्इ प्यासिफिक डेभलपमेन्ट बैंक एक्वाएर गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । एनसीसी बैंकमा चार विकास बैंक मर्ज गरी एकिकृत कारोबार गर्न अन्तिम स्वीकृति दिने सम्बन्धि प्रस्ताव नै सञ्चालक समितिको बैठकमा नआएको उनले बताए । ‘ग्लोवलले प्यासिफिकलाई एक्वाएर गर्ने वाहेक मर्जर तथा एक्विजिशन सम्बन्धि अरु कुनै प्रस्ताव बोर्डमा आएन’ उनले भने ।

कर्मचारी यूनियनको धर्ना छल्दै शुक्रबार कार्यालय समय सकिएपछि बोर्ड बैठक बसेको थियो ।

याे पनि पढ्नुहाेस ः राष्ट्र बैंक सञ्चालक समितिको बैठक नबस्दा ४५ बैंक तथा वित्तीय संस्थाको मर्जरमा ढिलाइ, ६० अर्ब रुपैयाँ अनधिकृत रुपमा सर्कुलर 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.