आज पनि दुई पटक विमानस्थल ठप्प हुँदै, राडार बिग्रदा उडान व्यवस्थापनमा हम्मेहम्मे

  २०७३ कार्तिक १९ गते ७:१७     विकासन्युज

काठमाडौं १९, कात्तिक । शुक्रबार बिहान भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंबाट जनकपुर जाँदा र पोखराबाट काठमाडौं आउँदा २ पटक विमानस्थल बन्द हुने भएको छ ।

भीभीआइपीको उडान व्यवस्थापन मिलाउन शुक्रबार बिहान १० देखि साढे १० बजेसम्म र बेलुका ४ बजेदेखि सवा पाँच बजेसम्म नोटिस टु एयर म्यान ९नोटाम० जारी भएको छ । नोटामको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने विमानस्थका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।Lukla-Airport-Nepal

यो सूचना सबै वायुसवेलाई जानकारी भइसकेकोले सोही अनुसार उडान व्यवस्थापन हुने भएकोले पनि कुनै ठूलो उडान प्रभाव नपर्ने ठाकुरको भनाइ छ ।

मुखर्जी शुक्रबार बुद्ध एयरको जहाज चार्टर गरेर काठमाडौंबाट जनकपुर र पोखरा जाँदै छन् । सोही जहाजबाट काठमाडौं पर्कने र साँझ नयाँदिल्ली जाने कार्यक्रम रहेको छ ।

बुधबार समेत भारतीय राष्ट्रपति मुखर्जीको सवारीका कारण दिनभर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रभावित भएको थियो ।

बिहीबार समेत दिनभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको जहाजको गति, दिशा र उचाई देखाउने यन्त्र (राडार) बिग्रदा उडान व्यवस्थापनमै हम्मेहम्मे परेको थियो ।

बिहीबार राडारले काम नगर्दा पनि उडान व्यवस्थापन गर्नुपर्दा राडारमै अभ्यस्त एयर ट्राफिक कन्ट्रोलर ९एटीसी०लाई निकै असहज भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थलका प्रवक्ता ठाकुरका अनुसार बुधबार बेलुका ८ बजेदेखि बिग्रिएको राडार २१ घण्टापछि आर्थात् बिहिबार बेलुका ५ बजे मात्रै बनेको छ । अन्नपूर्ण पोस्ट दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.