इन्टरनेट सपिङमा बढ्दो जोखिम, ह्याकरको निशानामा क्रेडिटकार्ड

  २०७३ कार्तिक १७ गते ८:२६     विकासन्युज

अनलाईन सपिङमा ह्याकरहरुको जोखिम बढेको एक अध्ययनले देखाएको छ। यदि तपाइँ अनलाइन सपिंग गर्नुहुन्छ भने सावधान हुनुहोस् ।

र, हुनसक्छ की ह्याकरले तपाइँले गरेको अनलाइन सपिंगका बेला तपाइँको क्रेडिट कार्डको डाटा समेत चोरिरहेको हुनसक्छ । एक शोधबाट यो पत्ता लागेको छ की अनलाइन शपिंग गराउने झण्डै ६ हजार वेबसाइटले ग्राहकको क्रेडिट कार्डको जानकारीहरु चोरी गरी त्यसको गलत प्रयोग गर्ने गरेका छन् ।

Image result for online shopping

डच डेभलपर विलियम डी ग्रूटका अनुसार प्रयोगकर्ताको क्रेडिट कार्डको कोड नम्बर साइबर अपराधीद्धारा विभिन्न वेबसाइटहरुमा प्रकाशित समेत गर्ने गरिएको छ ।

उनका अनुसार झण्डै ५ हजार ९२५ वटा यस्ता वेबसाइट पत्ता लागेका छन् जसले प्रयोगकर्ताका डाटा चोरी गर्दछन् ।
डी ग्रूट डच इ कमर्श साइट बाइट डट एनएलका सहसस्थापक समेत हुन् । उनले ब्लगस्पटमा भनेका छन् की ह्याकरहरुले सबैभन्दा बढि प्रयोग गरिने अनलाइन सपिंग साइटलाई आफ्नो निशाना बनाउने गर्दछन् ।

जब ह्याकरहरुले ती वेबसाइटहरुमा आफ्ना मार्ग बनाउँदछन् तब उनीहरुले ती साइटबाट प्रयोगकर्ताको क्रेडिट कार्ड तथा कारोबार सम्बन्धी विभिन्न जानकारी चोरी गर्दछन् ।

त्यसरी चोरी गरिएका क्रेडिट कार्डका डाटा प्रतिकार्ड ३० डलरको हिसाबले वेब मार्केटमा बेचिदिन्छन् । शोका क्रममा उनले चोरी गरिएका फरक फरक ९ प्रकारका कोड पत्ता लगाएका छन् । जसमा फरक फरक ह्याकर समूह संलग्न रहेका छन् । ग्रूटका अनुसार डाटा चोरीको चंगूलमा कार निर्माता कम्पनी, फेसन कम्पनी तथा सरकारी वेबसाइटहरु समेत पर्ने गरेका छन् ।

अनलाइन सपिंगका कारण सिर्जना हुने ह्याकिंग तथा डाटा चोरी जस्ता समस्या आउन नदिनका लागि आधिकारिक तथा विश्वसनीय साइटबाट मात्र सपिंग तथा भुक्तानी गर्नुपर्ने सुझाव उनको छ । साथै त्यस्ता साइटहरुलाई आफ्ना संवेदनशील सूचनाहरु दिनुअघि त्यसको प्रयोजन तथा परिणामको बारेमा सोँचविचार गर्नु अत्यावश्यक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.