जनता बैंक र त्रिवेणी विकास बैंक मर्ज हुने, ५ अर्ब ५० करोड पुँजी जुट्दै

  २०७३ कार्तिक १३ गते १२:३०     विकासन्युज

janata-bankकाठमाडौं, १३ कात्तिक । जनता बैंक नेपाल र त्रिबेणी बिकास बैंक मर्ज हुने भएको छ । सो सम्बन्धी समझदारी पत्रमा शुक्रबार साँझ दुबै बैंकका अधिकारीहरुबीच हस्ताक्षर भएको छ । मर्जपछि बैंकको नाम, लोगो जनता बैंक नेपालकै हुने छ ।

सञ्चालक समितिमा त्रिबेणी विकास बैंकबाट दुई जना प्रतिनिधि हुनेछ । उच्च व्यवस्थापन समिति जनता बैंकको नै रहने छ । जतना बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालका अनुसार स्वाप रेसियो १०० बराबर १०० हुनेछ ।

यो मर्जसँगै जनता बैंकले ५ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजीको आधार तयार गरेको छ । ‘दुबै बैंकले प्रस्ताव गरेको हकप्रद सेयर निष्काशन र बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ५० करोड रुपैयाँ हुनेछ’ लाम्सालले देश विकासलाई भने ।

हाल जनता बैंकको चुक्ता पुँजी २ अर्ब ६ करोड रुपैयाँ छ । यस बैंकले १ अर्ब ३ करोड रुपैयाँको हकप्रद सेयर निष्काशन आह्वान गरेको छ भने ४१ करोड रुपैयाँ बराबरको बोनस सेयर छ । हकप्रद र बोनस सेयर जोड्दा जनता बैंकको सेयर पुँजी ३ अर्ब ५० करोड रुपैयाँ हुनेछ ।

जनता बैंकसँग मर्ज हुँदा त्रिबेणी विकास बैंकको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ हुनेछ । यस बैंकमा हाल चुक्ता पुँजी ८२ करोड रुपैयाँ छ । यस बैंकले पनि चुक्ता पूँजीमा ५० प्रतिशत अर्थाक ४१ करोड रुपैयाँको हकप्रद जारी गर्न प्रक्रिया अघि बढाएको छ । उसले करिव १५ करोड रुपैयाँ बराबरको बोनस दिने प्रस्ताव अगाडि बढाएको छ ।

दुई बैंक मर्जपछि चुक्ता पुँजी ४ अर्ब ८८ करोड रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिँदा ५ अर्ब ५० करोड रुपैयाँ पुँजी पुग्ने विश्वास गरिएको छ । यो मर्ज सकिएपछि पुन अर्को विकास बैंक एक्वाएर गर्ने रणनीतिमा जनता बैंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.