अब २० वर्ष पुगेका सवारीसाधन ‘आउट’, २ वर्षभित्रै नेपालभरबाट दुई दशक पुराना सवारी विस्थापित

  २०७३ कार्तिक १३ गते ७:४६     विकासन्युज

काठमाडौं १३, कात्तिक । बीस वर्ष नाघेका सार्वजनिक सवारीसाधन काठमाडौं उपत्यकाबाट हटाइने भएको छ । यातायात व्यवस्था विभागले आगामी फागुन १७ गतेबाट यस्ता सवारीसाधन हटाउन लागेको हो ।private_vehicles

त्यस्तै आगामी २ वर्षभित्र नेपालभरबाटै २० वर्ष नाघेका सवारीसाधन हटाउने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए ।

२ वर्षभित्रै नेपालभरबाट दुई दशक पुराना सवारी विस्थापितगर्ने अभियान सुरु हुने भएको छ ।

‘दुई वर्षअघि भएको मन्त्रिपरिषद्को निर्णयअनुसार हामीले हटाउन लागेका हौं,’ महानिर्देशक श्रेष्ठले भने, ‘मन्त्रिपरिषद्को निर्णयसँगै राजपत्रमा सूचना प्रकाशित भएपछि २ वर्षको म्याद दिएर तोकिएको म्यादभित्र सवारी हटाउनु भन्ने थियो । त्यसैअनुरुप हामीले गर्न लागेका हौं ।’ नेपाल समाचारपत्र दैनिकबाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.