भारतीय दलालले भन्दा बामपन्थीले के राम्राे गरे ?

  २०७३ कार्तिक १२ गते १८:२५     रामेश्वर खनाल

rameshor_khanal

रामेश्वर खनाल

जिन्दगी भर बामपन्थीहरूले भारतीय विस्तारवाद मुर्दावाद भनेर सिकाए । २०२६ सालमा सात कक्षा पढ्दा जवर्जस्ती जुलुसमा लैजान खोजे ।

त्यो शान्त तानसेन शहरमा जहाँ त्यो बेला गाइजात्राको रातमा देखाइने बास्सा (वाल्यकालमा त्यो शव्द बुझिएन होला, तर परिवारमा कसैको मृत्यू भएको छ भने उनको सम्मानमा गरिने सांस्कृतिक कार्यक्रम; यस्तै कार्यक्रम कालान्तरमा मैले इटालीका गाउँहरूमा देखें) बाहेक अरू केहि नदेखेकाले जान्न भन्यौं ।

धन्न कुटाई खाइएन । साना थियौं, माफी पायौं । तर ठूलाहरूले पाएको दुखको वर्णन करिव एक वर्ष सुन्यौं । गाउँ थियो, टिभी रेडियो थिएन, त्यहि भएर श्रुतिकथ्य रमाइलो लग्थ्ग्यो ।

वामपन्थ त्यसपछि झांगियो । कहिले सुस्ता, कहिले कालापानी, कहिले लिपुलेक । सर्वत्र भारत विरोध । जो भारतसंग राम्रो सम्बन्ध राख्न पर्छ भन्थे ती दलाल कहलिए । अझै कहलिन्छन ।

अहिले सब दलाल ठहरै भए । भारतीय विस्तारवाद मुर्दावाद भन्नेहरूले सारा नेपाल र नेपालका विदेशस्थित कार्यालयहरूमा विदा दिए । अनि हामी बिदा बस्ने भयौं ।

म बिदा पहिला पनि बसिन । अहिले पनि बस्दिन । मेरोलागि शरीरले दिएसम्म विदा हुँदैन ।

बहुत दुखले एउटा सामान्य प्रश्न मात्र राखेको छु । भारतीय दलाल मुर्दावाद भनेर नारा लगाउन सिकाएको तपाइँहरूले हो । अहिले तपाइँहरूले ती दलालले गरेको भन्दा राम्रो काम गर्नुभो ? की नराम्रो ?

प्रत्येक वामपन्थीले आफ्ना नेतालाइ यो प्रश्न सोद्धा राम्रै हुन्थ्यो । (खनालकाे फेसबुकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.