प्रभु इन्स्योरेन्सको १७ प्रतिशत बोनस पास, ५० प्रतिशत हकप्रद सेयर निष्काशन हुने

  २०७३ कार्तिक १२ गते १६:४८     विकासन्युज

काठमाडौं, १२ कात्तिक । प्रभु इन्स्योरेन्स लिमिटेडको सेयरधनीलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस दिने निर्णय पास भएको छ । शुक्रबार सम्पन्न बैंकको २१औँ वार्षिक साधारणासभाले बोनस पश्चात ५० प्रतिशत (२ः१) हकप्रद शेयर निष्काशन गर्ने बैंक सञ्चालक समितिको प्रस्ताव समेत पारित गरेको छ ।

prabhu_ins_agm

साथै उक्त सभाले गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन पनि पास गरेको छ । बोनस तथा हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ५७ करोड ७५ लाख ५२ हजार रुपैयाँ हुनेछ । कम्पनीले आर्थिक वर्षमा १४ करोड ९३ लाख २ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले आर्थिक वर्ष ०७२/०७३ मा ७६ करोड १७ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । साथै चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सम्ममा २४ करोड २७ लाख ५५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १० दशमलब ३० प्रतिशत बृद्धि भएको छ ।

कम्पनीले बिगत वर्षदेखिनै मुलुकका दुर्गम जिल्लाहरुमा कृषि शाखाहरुको स्थापना गरि बीमा सेवा विस्तार गरेको छ ।हाल मुलुकभर कम्पनीका केन्द्रिय कार्यालय सहित १९ शाखा तथा उपशाखाहरु संचालनमा रहेका छन् । आगामी दिनमा कम्पनीको सेवा विस्तारको लागि आवश्यक क्षेत्र पहिचान गरि शाखा बिस्तार गर्ने तथा कम्पनीलाई आवश्यकता अनुसार अझ बढी आधुनिकिकरण गर्दै लैजाने कम्पनीको योजना रहेको छ ।

भविष्यमा आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा दिने तथा शेयरधनी महानुभावहरुलाई अधिकतम प्रतिफल दिने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.