एनएमबी बैंकको सिइओ पाैडेलकाे कार्यकाल चार महिना थप, चैतदेखि लागू हुने गरी केसी नियुक्त

  २०७३ कार्तिक १२ गते १६:३१     विकासन्युज

उपेन्द्र पाैडेल

उपेन्द्र पाैडेल

काठमाडौं, १२ कात्तिक । एनएमबी बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पाैडेलकाे कार्यकाल करिब चार महिना अवधिकाे लागि थप गरेकाे छ । उनकाे कार्यकाल मंसिर ८ गते सकिदै थियाे । विहीबार बसेकाे बैंक सञ्चालक समिति बैठकले पौडेलको कार्यकाल फागुन मसान्तसम्म थप  गरेकाे हाे।

साथै बैंकले अागामी चैत १ गतेदेखि लागू हुने गरी सुनिल केसीलाई प्रमुख कार्यकारी अधिकृत(सिइओ) नियुक्त गरेको छ । केसी हाल बैंकको डेपुटी सिइओ पदमा कार्यरत छन् ।

पौडेलले विगत १७ वर्षदेखि एनएमबीको प्रमुख कार्यकारी अधिकृतका रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् । मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका रुपमा स्थापना भएको एनएमबी उनकै नेतृत्वमा बाणिज्य बैंकमा स्तरोन्नति भएको थियाे ।

अाफ्नाे कार्यकालमा सन्ताेषजनक काम भएकाे पाैडेलले बताए । अाफ्नै नेतृत्वमा प्राविधिक रूपमा बैंककाे चुक्ता पूँजी ८ अर्ब रूपैयाँ हुने हुनले बताए । शुरू भएका केही काम सम्पन्न हुने क्रममा रहेकाेले र ती कार्य सम्पन्न गर्न सजिलाेकाे लागि बैंकले थाेरै समय थप गरेकाे उनले बताए।

पाैडेल हाल नेपाल बैकर्स संघकाे अध्यक्ष समेत छन् । अागामी मंसिर पहिलाे साता हुन लागेकाे संघकाे साधारणासभाले नयाँ नेतृत्व चयन गर्दैछ ।

सुनिल केसी

सुनिल केसी

को हुन केसी ?

केसीले सन १९९० मा स्ट्याण्डर्ड चाटर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए । त्यसपछि उनी एक वर्ष तत्कालिन एनआइसी बैंकमा आवद्ध भए । त्यसको केहि समयपछि नै केसी पुनः स्ट्याण्डर्ड चाटर्ड बैंकमै फर्किए । दुई पटक गरेर उनले स्ट्याण्डर्ड चाटर्ड बैंकमा १८ बर्ष काम गरेका थिए ।

एनएमबी बैंकमा भने उनी ८ वर्ष अघि डिजिएमका रुपमा प्रवेश गरेका थिए र जीएम हुँदै हाल डेपुटी सिईओका रुपमा काम गरिरहेका छन् । केसीले भारतबाट एमबीए गरेका छन् । बैंकभित्र ट्रेजरी, कर्पाेरेट बैकिङ, फाइनान्स, अपरेशन लगायत क्षेत्रमा बढी काम गरेकाे अनुभव उनीसँग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.