क्यासिनोमा भटाभट विदेशी लगानी भित्रँदै, अन्नपूर्णमा भित्रियो ९० प्रतिशतको भारतीय लगानीकर्ता इम्पेरियल

  २०७३ कार्तिक १२ गते १०:०१     विकासन्युज

काठमाडौं १२, कात्तिक। नेपाली लगानीकर्ताले सरकारलाई तिर्नुपर्ने रोयल्टी नै नतिरेपछि सरकराले कानुन कसेरै बन्द गराएको क्यासिनोमा भटाभट विदेशी लगानीकर्ता भित्रिएका छन् ।

राजधानी ८ वटा पाँचतारे होटलमध्ये चारवटा होटलमा विदेशी लगानीको क्यासिनो भित्रिसकेको छ । दुईवटा नेपाली लगानीले अदालतको आदेशबाट पुरानै नियममा क्यासिनो चलाईरहेको छ भने एउटा पाँचतारे होटल एभरेष्ट बन्द अवस्थामा रहेकोले त्यहाँ क्यासिनो नै संचालन छैन ।

यो साता मात्रै पाँचतारे होटल अन्नपूर्णमा विदेशी लगानीकर्ता भित्रिएको पर्यटन विभागका होटल शाखाका अधिकृत ओम देवकोटाले बताए । उनका अनुसार अन्नपूर्णमा भारतीय लगानीकर्ता भित्रिएको छ ।

क्यासिनो इम्पेरियलको नामले क्यासनो संचालको पूर्व स्वीकृति लिएर गएको हो क्यासिनोले होटलको कुमारी हल नामक होटलकै सबैभन्दा ठूलो व्याक्वेटमा क्यासिनो संचाल प्रक्रिया गाडि बढाइसकेको छ ।

मन्त्रालयका पूर्व स्वीकृति लिएको यो क्यासिनोमा १० प्रतिशत नेपाली लगानीकर्ता धिरेन मोक्तानको छ भने बाँकी ९० प्रतिशत लगानी भारतीय लगानीकर्ता इम्पेरियलकै छ । casino_1

लामो समयको प्रयासपछि पनि दरबारमार्गमा रहेको याकएण्ड यतिमा क्यासिनो संचालन विवाद नमिलेपछि भारतीय लगानीको इम्पेरियल क्यासिनो अन्नपूर्ण भित्रिएको पनि विभागको भनाइ छ ।
अघिल्लो वर्ष बैशाखमा गएको भूकम्पका कारण पूरानो भवन भत्किएपछि अन्नपूर्णको क्यासिनोको कुमारी हलको व्याक्वेटमा संचालनको तयारी भएको छ ।

इम्पेरियलले अहिले पूर्व स्वीकृति पाएर होटलमा क्यासिनोको पूर्वाधार तय गरिरहेकोे छ । अब तिहारपछि नै क्यासिनो पूर्ण रुपमा संचलनको जानकारीसहित आउने र मन्त्रालयबाट अनुमित पनि पाउने विभागको भनाइ छ ।

देवकोटाका उनका अनुसार सरकारले तोकेको मापदण्ड पूरा गरेर आउने तथा क्यासिनो नियमावली २०७० को पालना गरेको अवस्थामा अनुमति पाउन सक्छ ।
हाल क्यासिनो मिलेनियर्स क्लव सांग्रीला होटलमा, क्यासिनो माजोङ सोल्टी होटलमा, क्यासिनो प्राइड ह्यात रिजेन्सीमा संचालनमा रहेको छ । क्यासिनो भेन मल्ल होटल र र्र्याडिसनमा क्यासिनो र्याड र याकएण्ड यतिको क्यासिनो रोयल भने अदालतको आदेशले संचालमा आएका क्यासिनो हुन ।

गुगल फोटो

सरकाले विदेशीलाई प्राथमिकता राखेर ल्याउको मापदण्डर नियमावलीका नेपाली लगानीकर्ता डुबाएको क्यासिनो संघ नेपलाका अध्यक्ष किशोर सिलवलको भनाइ छ ।

उनका अनुसार सरकालाइ नेपालीको ५१ प्रतिशत शेयर रहने गरी क्यासिनो नियमावली संसोधन गर्न सरकारसँग माग गरिएको छ ।

नेपालका क्यासिनो तथा व्यवसायमा नेपालीकै बर्चश्व हुनुपर्ने बुझाई सिलवालको छ ।

विदेशीले संचालन गरेका क्यासिनोले नेपालीलाई लाभ नहुने र विदेशी मुद्रा बाहिर जाने भन्दै सिलवालले नेपालीलाई नै प्राथमिकता दिनुपर्ने बताएका छन्् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.