मदनभण्डारीसँगै ज्यान गुमाएका जीवनरामकी पत्नि मायालाई ५५ लाख रुपैयाँको नयाँ घर

  २०७३ कार्तिक १२ गते ८:१०     विकासन्युज

काठमाडौं, १२, कात्तिक । एमाले पार्टीका स्वर्गीय नेता जीवराज आश्रित पत्नी माया ज्ञवालीलाई काठमाडौंको चावहिलमा ३ तले पक्की भवन बनाइदिएको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

घर हस्तान्तरको फाइल तस्बिर

घर हस्तान्तरको फाइल तस्बिर

३ जेठ २०५० सालमा एमालेका तत्कालिन महासचिव मदन भण्डारीसँगै चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा निधन भएपछि मायाले ३ दशकदेखि डेराको जीवन ब्यथित गर्दै आएकी थिइन।

एमालेले ज्ञवालीलाई सहिदपत्नीका रुपमा सम्मान गर्दै ५५ लाख रुपैयाँको लगातमा ३ तले भवन बनाइदिएको हो।

जसमा पार्टीको पहलमा ४० लाख रुपैयाँ र बाँकी रकम ऋणमा रहेको मायाले बताइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.