सनराइज बैंकको एघारौं शाखारहित बैंकिङ्ग सेवा उदयपुरको नेपालटारमा

  २०७३ कार्तिक ११ गते १८:०३     विकासन्युज

काठमाडौं, ११ कात्तिक । सनराइज बैंक लिमिटेडले आफ्नो एघारौं शाखारहित बैंकिङ्ग सेवा उदयपुरको नेपालटारमा शुरु गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यले सो स्थानमा बैकिंङ् सेवाको संचालन गरेको हो ।

sunrise_bank_branch_udayepu

बैंकको गाईघाट शाखाका विश्वेश्वर नायकको उपस्थितिमा उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन पंचावती गा.वि.स.का सचिव खिलराज कार्कीले गरेका हुन् ।

सो अवसरमा बैंकको गाईघाट शाखाका प्रमुख विश्वेश्वर नायकले शाखारहित बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि बोधकुमार घिमिरेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । बैंकको शाखाहरु नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठाको छापबाट, पोइन्ट अफ सेल मेसिनको माध्यम बाट कारोबार गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.