टेलिकमको वाइम्याक्स इन्टरनेट सेवा ७५ वटै जिल्लामा, सेवामा डाटा प्याकेज पनि

  २०७३ कार्तिक ११ गते १६:०६     विकासन्युज

काठमाडौं, ११ कात्तिक । नेपाल टेलिकमले वाइम्याक्स (वल्र्डवाइड इन्टिरोपरयाबिलिटि फर माइक्रोवेभ एक्सेस) प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ ।

मुलुकमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यस अघि नै ७४ वटा जिल्लामा वाइम्याक्स सेवाको पहुँच विस्तार गरिसकेको थियो । टेलिकमले २०७३ कात्तिक ७ गते देखि हुम्ला जिल्लामा समेत यो सेवाको विस्तार गरेपछि ७५ वटै जिल्लामा वाइम्याक्स सेवाको पहुँच पुगेको हो ।

नेपाल टेलिकमले २०६९ चैत्र १४ गते देखि आम उपभोक्तालाई यो सेवा उपलब्ध गराउन थालेको हो । कम्पनीले प्रारम्भमै वाईम्याक्स सेवा कर्णाली अञ्चलवाहेक मुलुकका १३ अञ्चलका ४९ जिल्लामा सञ्चालनमा ल्याई त्यसपछि क्रमशःबाँकि अन्य दुर्गम तथा अति विकट जिल्लाहरुमा विस्तार गरेको हो ।

वाइम्याक्स सेवामा हाल निम्न अनुसारको डाटा प्याकेजः

ntc_data

वाईम्याक्स प्रविधि हाल मुलुकमा उपलब्ध इन्टरनेट सेवाहरु मध्ये सबैभन्दा आधुनिक फोरजी प्रविधिको इन्टरनेट सेवा हो । उपभोक्ताले यो प्रविधिमार्फत इन्टरनेट चलाउनका लागि सिपिइ (कस्टोमर प्रिमिसेस इक्विप्मेन्ट) खरिद गर्नुपर्छ । यो उपकरण आउटडोर, इनडोर र युएसवि डोनग्लि गरी तीन किसिमको हुन्छ । आउटडोर सर्भिसले टावर (बेस इस्टेसन) देखि १५ किलोमिटर, इन्डोर डिभाइसले ५ किलोमिटर र युएसवि डोनग्लिले २ किलोमिटर टाढासम्मको सिग्नल लिई इन्टरनेट चलाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.